• २०८१ बैशाख १३ बिहीबार

नाबालिकालाई यौन व्यवसायमा लगाउने होटल सञ्चालक पक्राउ

kharibot

तस्बीर : रासस

रुपन्देही । झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ स्थित राप्ती मेनु होटेल सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मीनाकुमारी बस्नेत (कुवँर) रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । 

उनीहरुलाई मानव बेचबिखन ऐन र सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

उनीहरु बाग्लुङको निसीखोला गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् । १५ वर्षीया नाबालिकालाई आफन्त नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरेको बताइएको छ । उनलाई आफन्त नेपालको संरक्षणमा राखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै