• २०८१ बैशाख ६ बिहीबार

वकिललाई ज्यान मार्ने धम्की दिनेविरुद्ध अपहेलना मुद्दा दायर 

kharibot

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्ला अदालतभित्रै कानुन व्यवसायी र मुद्दाको पक्षलाई मार्ने धम्की दिने दुईजनाविरुद्ध आज अवहेलना मुद्दा दायर भएको छ ।

अधिवक्ता अनन्तराज लुईंटेल तथा उनका सहयोगी एवं पक्षलाई मार्ने धम्की दिने झापाका विनोद मैनाली र शिवहरी मैनालीविरुद्ध आज काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो ।

मैनालीद्धयले अधिवक्ता लुईंटेल, मुद्दाका वारेश प्रतिभा उप्रेती र मुद्दाका संरक्षकका पति भरतप्रसाद उप्रेतीलाई गत आइतबार अदालत परिसरमै मार्ने धम्की दिएका थिए भने अदालतका कर्मचारीलाई घुस खाएर न्याय बेचेको आरोप लगाएका थिए ।

मुद्दा दर्ता गराएर आफूहरुलाई कष्ट दिएको भन्दै आफूहरुको प्रधानमन्त्रीसँग सिधा सम्पर्क रहेकोले जहिलेसुकै जे पनि गर्न सक्ने धम्की दिंदै मैनालीद्धयले मुद्दा फिर्ता लिन लुईंटेल र पक्षलाई दबाब दिएका थिए ।

मुद्दा फिर्ता नलिए मार्ने धम्की पनि उनीहरुले अदालतका कर्मचारीका सामुन्नेमा दिएको भन्दै आज दायर भएको अवहेना मुद्दामा मैनालीद्धयलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

बोल्न नसक्ने तथा फरक शारिरीक क्षमताका आफ्ना भाइहरुलाई अंश नदिई घरबाट निकाला गरेको तथा गाईगोठालोको रुपमा जीवन गुजारा गर्नुपरेको दावी सहित असी बर्षिय संरक्षक हिमादेवी उप्रेतीले अंश मुद्दा दायर गरेपछि उनी र उनका पतिलाई समेत मैनालीद्धयले काट्ने मार्ने धम्की दिदैं आएको अवहेनाको निवेदनमा उल्लेख छ ।

मैनालीद्धयले पटक पटक फोन गरी एवं नचिनेका मान्छेहरु खटाएर मुद्दा फिर्ता नलिए मार्ने धम्की दिएपछि उप्रेतीले आफ्नै माइतीविरुद्ध कारबाही गर्न माग गर्दे जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गराइसकेकी छन् । 

आइतबार अदालतमा पुगेका अधिवक्ता लुईंटेल तथा उनका सहयोगी एवं मुद्दाका पक्षलाई आफूहरुको प्रधानमन्त्रीसँग सिधा सम्पर्क रहेको धम्की दिंदै मुद्दा फिर्ता नलिएमा ठिक नहुने र ल फर्ममा आगो लगाईदिने तथा अधिवक्ताको लाइसेन्स समेत खारेज गराउने धम्की दिएका थिए ।

अदालतमा चलेको मुद्दामा दबाब र प्रभाव पार्ने तथा न्यायिक काममा हस्तक्षेप गरेर अदालतको अवहेना भएको भन्दै लुईंटेलले अवहेलनाको मुद्दा दायर गरेका छन् ।

अदालतमा ठूलोठूलो स्वरले फाँट अघित्तिर प्रतिवादीहरु कराइरहेका, फाटवाला कर्मचारीलाई ‘घुस खाएर छोटो छोटो तारिख दिएको’, ‘न्याय बेचेको’, ‘आमाले मुद्दा हाल्ने छोरी र ज्वाईंले वकिल भएर अदालतमा प्रभाव पार्ने’ ? भन्दै अदालतमा कर्मचारी र कानुन व्यवसायीका विरुद्धमा तल्लो स्तरको शब्दहरु प्रयोग गर्दै अपशब्द प्रयोग गरी गाली गरेको पनि अवहेलनाको मुद्दामा दावी गरिएको छ । 

अदालतको निर्णय वा आदेशको जानाजान अवज्ञा गर्ने कार्य, अदालत समक्ष गरेको प्रतिज्ञाको जानाजान भंग वा अवज्ञा गर्ने कार्य, बोलेर, लेखेर वा अन्य कुनै प्रकाशनद्वारा अदालतप्रति भ्रामक हल्ला फिजाई अनास्था पैदा गरी काण्ड मच्चा्उने कार्य, बोलेर वा लेखेर वा अन्य कुनै प्रकाशन वा कार्यद्वारा अदालती कारवाहीमा हस्तक्षेप गर्ने कार्य, बोलेर वा लेखेर वा अन्य प्रकाशन वा कामद्वारा अदालती कारवाहीमा हस्तक्षेप गर्ने वा न्याय प्रशासनमा अवरोध गर्ने कार्य, अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप हुने काम गर्ने, मुद्दाका, पक्षहरू, मुद्दाका साक्षीहरू तथा अदालतका कर्मचारीलाई बाधा बिरोध गर्ने कार्यलाई सर्वोच्च अदातलले सन्तोष भट्टराईको (नि.नं. ७८४० ने.का.प.२०६४ अंक ४) मुद्दामा अवहेलना हुने नजिर स्थापित गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै