भारतमा मतगणना जारी : सुरुवाती रुझानमा बिजेपी अगाडी, राहुल गान्धी पछाडी

खरीबोट

काठमाडौँ । भारतको लोकसभाको निर्वाचनको मतगणनाको शुरुवाती रुझानमा सत्तारुढ दल भारतीय जनता पार्टी अगाडी देखिएको छ ।

अहिले जारी मतगणनामा भारतीय जनता पार्टीसहितको गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । यद्यपी अहिलेको मतगणना शुरुवाती रुझान भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशको बनारसबाट अग्रता बनाएका छन् भने भारतीय काँग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो परम्परागत सिट अमेठीमा अहिलेसम्मको मतगणनामा पछाडी परेका छन् । गान्धी केन्द्रिय मन्त्री स्मृति इरानीसँग ५ हजार ७ सय भोटले पछि रहेका छन् ।

अहिलेसम्मको मत गणनामा ४१५ सिटको सुरुवाती रुझानमा बिजेपी गठबन्धन २६७ सिटमा अगाडी छ भने काँग्रेस गठबन्धन ८० सिटमा अगाडी रहेको छ । त्यस्तै अन्य दल ७२ सिटमा अगाडी रहेका छन् ।    

निर्वाचन परिणामपछि हुनसक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै भारतीय गृह मन्त्रालयले देशभर अलर्ट जारी गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मतगणना नेपाली समय अनुसार बिहान सवा ८ बजेबाट शुरु भएको छ । इलेक्ट्रोनिक भोटिङ मेशिन (इभिएम) बाट सम्पन भारतीय लोक सभाको निर्वाचनको परिणाम आजै आउने बताइएको छ ।

करीब ९० करोड मतदाताले भाग लिएको यस निर्वाचनमा करिब ४० लाख इलेक्ट्रोनिक भोटिङ मेशिनको प्रयोग भएको बताइएको छ । लोकसभाका कुल ५४२ सिटका लागि सात चरणमा निर्वाचन सम्पन्न भएको थियो । 
लोकसभाको निर्वाचन गत अप्रिल ११ देखि यहि मे १९ सम्म भएको थियो । 

यसअघि सन् २०१४ मा सत्तारुढ दल भारतीय जनता पार्टीले २८२, भारतीय काँग्रेसले ४४, एआइएडीएमकेले ३६, अल इंडिया त्रिनामुल काँग्रेसले ३३, बिजु जनता दलले १८, शिव सेनाले १८, तेलगु देशम पार्टीले १५, तेलगु राष्ट्र समितिले १०, कम्युनिष्ट पार्टी अफ इंडियाले ९ सिटमा चुनाव जितेका थिए ।

सम्बन्धित समाचार

जयशंकर बने भारतको विदेशमन्त्री 

काठमाडौं । विहिबार भारतीय प्रधानमन्त्रीको शपथ लिएका नरेन्द्र मोदीले आफ्नो मन्त्रीमण्डलको जिम्मेवारी बाडफाड गरेका छन् । एनडीए गठबन्धनको दोस्रो कार्यकालमा भारतका पूर्वविदेश सचिव एस जयशंकर विदेशमन्त्रीमा नियुक्त भएका छन् । नरेन्द्र मोदीको

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौं  । प्रधानमन्त्री केपी ओली बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन् । नरेन्द्र मोदीको भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।   ओलीका साथमा पत्नी

अरुण जेट्लीको मोदीलाई पत्र “मलाई मन्त्री नबनाउनु होला”

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र तथा पूर्ववर्ती सरकारका अर्थमन्त्री अरुण जेट्ली दोस्रो कार्यकालको मन्त्रिपरिषद्मा भने सहभागी नहुने भएका छन् ।  बिहीबारदेखि शुरु हुन लागेको मोदीको दोस्रो कार्यकालमा

मोदीको शपथ ग्रहण आज, १४ देशका राष्ट्र प्रमुखसहित ८ हजारभन्दा बढी सहभागी हुदै  

नयाँ दिल्ली । भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको शपथ लिंदै छन् ।  दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीको शपथ समारोह दिल्लीस्थित राष्ट्रपति भवनमा स्थानीय समायानुसार साँझ ७


z