• २०८१ बैशाख ४ मंगलबार

भारतमा मतगणना जारी : सुरुवाती रुझानमा बिजेपी अगाडी, राहुल गान्धी पछाडी

kharibot

काठमाडौँ । भारतको लोकसभाको निर्वाचनको मतगणनाको शुरुवाती रुझानमा सत्तारुढ दल भारतीय जनता पार्टी अगाडी देखिएको छ ।

अहिले जारी मतगणनामा भारतीय जनता पार्टीसहितको गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । यद्यपी अहिलेको मतगणना शुरुवाती रुझान भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशको बनारसबाट अग्रता बनाएका छन् भने भारतीय काँग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो परम्परागत सिट अमेठीमा अहिलेसम्मको मतगणनामा पछाडी परेका छन् । गान्धी केन्द्रिय मन्त्री स्मृति इरानीसँग ५ हजार ७ सय भोटले पछि रहेका छन् ।

अहिलेसम्मको मत गणनामा ४१५ सिटको सुरुवाती रुझानमा बिजेपी गठबन्धन २६७ सिटमा अगाडी छ भने काँग्रेस गठबन्धन ८० सिटमा अगाडी रहेको छ । त्यस्तै अन्य दल ७२ सिटमा अगाडी रहेका छन् ।    

निर्वाचन परिणामपछि हुनसक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै भारतीय गृह मन्त्रालयले देशभर अलर्ट जारी गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मतगणना नेपाली समय अनुसार बिहान सवा ८ बजेबाट शुरु भएको छ । इलेक्ट्रोनिक भोटिङ मेशिन (इभिएम) बाट सम्पन भारतीय लोक सभाको निर्वाचनको परिणाम आजै आउने बताइएको छ ।

करीब ९० करोड मतदाताले भाग लिएको यस निर्वाचनमा करिब ४० लाख इलेक्ट्रोनिक भोटिङ मेशिनको प्रयोग भएको बताइएको छ । लोकसभाका कुल ५४२ सिटका लागि सात चरणमा निर्वाचन सम्पन्न भएको थियो । 
लोकसभाको निर्वाचन गत अप्रिल ११ देखि यहि मे १९ सम्म भएको थियो । 

यसअघि सन् २०१४ मा सत्तारुढ दल भारतीय जनता पार्टीले २८२, भारतीय काँग्रेसले ४४, एआइएडीएमकेले ३६, अल इंडिया त्रिनामुल काँग्रेसले ३३, बिजु जनता दलले १८, शिव सेनाले १८, तेलगु देशम पार्टीले १५, तेलगु राष्ट्र समितिले १०, कम्युनिष्ट पार्टी अफ इंडियाले ९ सिटमा चुनाव जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै