• २०८१ बैशाख १२ बुधबार

सिटिजन्स म्युचुअल फण्ड —२ को बिक्री आजबाट खुल्ला

kharibot

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२  को बिक्री कार्य यही जेठ नौ गतेबाट सुरु भएको छ । 

प्रति इकाई मुल्य १० रुपैयाँ रहेको १० करोड ईकाई मध्ये बीज पूँजी वापत न्युनतम एक करोड ५० लाख अर्थात कुल इकाई संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम आठ करोड ५० लाख ईकाई यही जेठ ९ गते बिहिबारदेखी जेष्ठ १३ गते सोमबारसम्म सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको हो ।

उक्त इकाई निष्काशन प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाहरुबाट वा अनलाइनमार्फत मेरो सेयर खाता प्रयोग गरी आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । 

इच्छुक आवेदकले न्युनतम १०० (एक सय) इकाई देखि अधिकतम २,००,००,००० (दुई करोड) इकाई सम्म आवेदन गर्न सक्ने छन् । सिटिजन्स म्युचुअल फण्ड–२ सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत जारी हुने दोस्रो बन्दमुखी सामुहिक लगानी योजना र योजनाको आकार एक अर्ब रुपैयाँको रहेको छ ।

योजना परिपक्व हुने मिती इकाई बाँडफाँड भएको मितिले सात वर्ष भएको र कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड आफै रहेको छ । कोष व्यवस्थापककोरुपमा सि.बि.आई.एल क्यापिटल लिमिटेड रहेको फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ र आवेदन दिन पाउने अधिकतम इकाई सङ्ख्या : २,००,००,००० (२ करोड) तोकिएको छ ।

सर्वसाधारण लगानीकर्ताहरुलाई अधिकतम प्रतिफल उपलब्ध गराउने उद्धेश्यले अप्रत्यक्ष लगानी सम्बाहकको रुपमा यो कोषको संचालन गरिएको र प्रति इकाई १० रुपैयाका दरले एक हजार रुपैयाँ देखी लगानी गर्न सकिने भएकाले थोरै रकम लगानी गरेर पनि विविधिकृत लगानीको को हिस्सेदार बन्न पाइने फण्डको बिशेषता रहेको छ ।

यसैगरी व्यक्ति तथा संगठित सस्था जो सुकैले पनि लगानी गर्न सक्ने, तरलताको लागि नेपाल स्टक एक्सचेन्जमा सूचिकरण हुने भएकाले सहज किनबेच गर्न सकिने  र लगानी गर्दा लगानी व्यवस्थापनमा दक्षता हासिल गरेका व्यक्तिबाट बजार तथा साधनहरुको अध्ययन र विश्लेषण गरेर मात्र लगानी गरिने हुँदा लगानी जोखिम कम हुने समेतको बिशेषता रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै