• २०८१ बैशाख १४ शुक्रबार

पाँच करोडभन्दा बढीको विदेशी लगानी अस्वीकृत हुने 

kharibot

काठमाडौं । उद्योगमा विदेशी लगानी गर्न पाँच करोडभन्दा बढी चाहिने भएको छ ।

सरकारले पाँच करोडभन्दा कमका उद्योगमा विदेशी लगानी अस्वीकृत गर्ने निर्णय गरेको छ । यसअघि उद्योगमा विदेशी लगानीको सीमा ५० लाख थियो । त्यसलाई बढाएर उद्योगको सीमा पाँच करोड पुर्‍याइएको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघिको पाँच लाखाको सीमालाई बढाएर पाँच करोडको पुर्याएको हो । सरकारको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पाँच करोड भन्दा कमका उद्योग नेपालीकै लगानीमा सम्भव भएकाले विदेशी लगानीमा पाँच करोडको सीमा निर्धारण गरिएको बताए । 

सरकारले विदेशी लगानी गर्न धेरै नीतिमा खुकुलो बनाएको छ । औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायत दर्जनौं नीतिगत सुधार ल्याइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै