• २०८१ बैशाख ४ मंगलबार

मोदीलाई बधाई दिदै राहुल गान्धीले भने -विचारधाराको लडाई जारी छ

kharibot

काठमाडौं । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा चुनावमा स्पष्ट बहुमत ल्याउने भएसँगै काँग्रेस अध्यक्ष गान्धीले बधाई दिएका हुन् ।

बिहीबार नतिजा मोदीको पक्षमा देखिएपछि पत्रकार सम्मेलन गर्दै हार स्वीकार गरेका राहुलले सुरुमै मोदीलाई बधाई दिएका हुन् । 

अध्यक्ष गान्धीलेले हारको सम्पूर्ण जिम्मेवारी आफूले लिनेसमेत बताउदै पार्टीको बैठकले निर्वाचनको समिक्षा गर्ने बताए । 

राहुलले आफ्नो हार स्वीकार गर्दै आफुहरु विचारधाराको लडाईं लडिरहेकाले यो लडाई जारी रहने बताए ।

लोकसभा निर्वाचनमा दुई ठाउँमा उम्मेदवारी दिएका राहुल आफ्नो परम्परागत सिट उत्तरप्रदेशको अमेठीमा पराजित भएका छन् भने केरलको वायनाडोमा भने उनी अत्याधिक मतले अगाडि रहेका छन् ।

लोकसभा निर्वाचनमा मोदी नेतृत्वको गठबन्धनले २०१४ को भन्दा बढी सिटमा जित हासिल गरेको छ । अहिले जारी मतगणनामा ३४८ सिटमा बिजेपी गठबन्धन अगाडी रहेको छ ।

त्यस्तै काँग्रेस गठबन्धन ८९ स्थानमा अगाडी रहेको छ ।
  
 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै