पत्रकार पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथामा बिमोचन 

खरीबोट

काठमाडौँ । अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन गरिएको छ ।

सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको बिमोचन गरेका हुन् । शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो किर्तिमान तोडेर २४ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

सन् २०१५ को महाभूकम्पमा सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको ज्यान गएको थियो, जसमा गुगलका कार्यकारी अधिकारी डानियल पल समेत रहेका थिए । सगरमाथा आधार शिबिरमा गएको हिमपहिरोमा पुरिएर उनीहरुको ज्यान गएको थियो ।

हिमपहिरोका कारण ६० जनाभन्दा बढी घाइते भएका थिए भने डेढ सय बढीको उद्दार गरिएको थियो ।

पुस्तकमा हिमपहिरो छल्दै नाम्चेसम्म आएका एकजना विदेशी र हिमपहिरोमा गाउँ नै पुरिंदा बाँच्न सफल नेपालीको अनुभव समेत समेटिएको छ । महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तक कम्पनमा महाभूकम्पमा आफन्त गुमाउनेहरु, मुस्किलले बाँचेकाहरु, राहत र उद्दारमा खटिनेहरु, उपचारमा खटिनेहरु र समाचार संकलनमा खटिनेहरुको जीवन्त बयान समेटिएको छ ।

कामीरिता शेर्पाले यसपटक एउटै मौषममा दुईपटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड समेत कायम गरेका हुन् । सोमबार विहान ६ बजेर ३८ मिनेट जाँदा सगरमाथाको शिखर चुम्न सफल कामीरिता शेर्पाले त्यहाँबाट पुस्तक कम्पनको बिमोचन गरेको चलचित्र निर्माता तथा फोटोपत्रकार विनोद अधिकारीले जानकारी दिए । 

अधिकारीले विश्वको सबैभन्दा अग्लो स्थानमा टेलिभिजन (दुर दर्शन ) विज्ञापन निर्माण गरेर अभिलेख कायम गरेका थिए । उनले सन् २०११ मा सगरमाथामा दुई महिना लगाएर निर्माण गरेको टेलिभिजन विज्ञापन सार्वजनिक गरेका थिए ।
 

सम्बन्धित समाचार

सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस

काठमाडौं । आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ ।  नेपालले हासिल गरेका राजनीतिक,

सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ ।  कम्पनीले

एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको

'सगरमाथामा जाम होइन लाम लागेको हो'

काठमाडौं । सरकारले सगरमाथामा ट्राफिक जामका कारण कसैको मृत्यु नभएको प्रष्ट गरेको छ ।  सरकारद्वारा गठित छानबिन समितिले सगरमाथामा एकैपटक धेरै जनालाई पठाउँदा ट्राफिक जामका कारण दुघर्टना भएको भन्ने विषय आधारहीन


z