• २०८१ बैशाख १३ बिहीबार

‘प्रेम गीत ३’ मा गीतको भूमिकाको अन्तिम अडिसनका लागि २५ जना छानिए  

kharibot

काठमाडौँ । चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागी २ हजार ७ सय १४ जनाबाट अन्तिम अडिसनको लागि २५ जना छनौट गरिएको छ ।

आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागी आसुसेन फिल्मस डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट आबेदन मागेको थियो ।

आवेदन दिएकाहरु मध्येबाट आज उत्कृष्ट २५ जनालाई अडिसनका लागि छनौट गरिएको छ ।

निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो । अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात चलचित्रको ‘गीत’ पात्रका लागि एक जना छनौट गरिनेछ ।
छनौट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता सन्तोष सेनले जानकारी दिए । 

‘प्रेम गीत’ मा प्रदीप खड्कासँग पूजा शर्माले रोमान्स गरेका थिए भने,‘प्रेम गीत २’ मा भने अश्लेषा ठकुरीले गीतको भूमिका निर्वाह गरेकी थिइन् ।

अब निर्माण हुन लागेको चलचित्र ‘प्रेम गीत ३’ मा नयाँ लुक्सलाई भित्राउने तयारी गरेका छौं । उत्कृष्ट २५ मा छानिएकाबाट एक जनालाई क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर गीत क्यारेक्टरमा छान्ने आसुसेन फिल्म्सले जनाएको छ ।

चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्र २८ गते नेपाल भर प्रदर्शन गर्ने घोषणा समेत निर्माण टिमले गरिसकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै