नयाँ दिल्ली । लोकसभा निर्वाचनमा पार्टीको नराम्रो पराजयपछि भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्ष पदबाट राजीनामा पेश गरेका छन् ।
काँग्रेसको आज बसेको कार्यसमिति बैठकमा गान्धीले राजीनामा पेश गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
गान्धीले पेश गरेको राजीनामा केन्द्रीय कार्यसमितिले अश्विकार समेत गरेको उल्लेख गरिएको छ ।
काँग्रेसको बैठकले जनमत स्वीकार गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता रणदीप सिंह सुरेजवालाले जानकारी दिएका छन् ।
भारतीय काँग्रेसले सन् २०१४ मा भएको निर्वाचनमा ४४ सिटमा जित हासिल गरेकोमा अहिलेको निर्वाचनमा ५२ सिटमा जित हासिल गरेको छ । काँग्रेस अध्यक्ष गान्धी भने आफ्नो परम्परागत सिटी उत्तरप्रदेशको अमेठी बाट पराजित भएका छन् भने केरलाबाट अत्याधिक मतले विजयी भएका छन् ।