• २०८१ बैशाख ८ शनिबार

सर्जियो रामोसलाई भित्राउन लिभरपुलको 'सरप्राइज' प्रस्ताव ! 

kharibot

काठमाडौँ । रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब छाड्न सक्ने सम्भावना रहेको मिडिया रिपोर्ट सार्वजनिक भएपछि प्रिमियर लिग क्लब लिभरपुलले रामोसलाई भित्राउने इच्छा व्यक्त गरको छ । 

मिडिया रिपोर्टका अनुसार लिभरपुलले रामोसलाई भित्राउने इच्छा देखाएको स्पेनिस मिडियाले रिपोर्ट प्रकासित गरेका छन् । रामोसलाई इटालियन क्लब युभेन्टस र चाइनिज क्लबले समेत भित्राउने पहल गरिरहेका बेला लिभरपुलको सरप्राइजपूर्ण चासोले सबैको ध्यान

तानेको छ । गत बर्षको च्याम्पियन्स लिग फाइनलमा रामोसले लिभरपुलका मोहमद सलाहलाई लडाएपछि घाइते हुदा उनी पहिलो हाफ अगाडी नै मैदान छोड्न बाध्य भएका थिए । लिभरपुलका फ्यानहरुबीच सो घटनापछि अलोकप्रिय बनेका रामोस बारे लिभरपुले चासो देखाएपछि फ्यानहरुमा फेरी यस बारे चर्चा हुन् थालेको हो ।

तर रामोसलाई भित्राउन त्यति सजिलो भने देखिएको छैन । रियल म्याड्रिडसँगको उनको ८ सय मिलियन युरोको रिलिज कलज रहेको छ भने बार्षिक साढे १२ मिलियन पारिश्रमिक रहेको छ । रिलिज क्लजमा नेगोसियसन हुने भए पनि ३३ बर्षिय रामोसका लागि बार्षिक साढे १२ मिलियन युरो तिर्न के लिभरपुल तयार होला त भन्ने प्रश्न अहिले उठिरहेको छ ।

यस सिजनमा रियलको खराब प्रदर्शन पछि टिम पुनर्निर्माणमा लागेको रियल छोड्ने सुचिमा रामोसको नाम अगाडी आएको हो ।

स्पेनको चर्चित मिडिया मार्काका अनुसार रामोसले व्यावसायिक फुटबल अब स्पेनबाट नखेल्ने विषयमा तयारी गरेको उल्लेख गरेको छ । मिडिया रिपोर्टका अनुसार रामोसलाई प्रिमियर लिग क्लबहरुले चासो देखाएको बताइएको छ । 

पछिल्लो समय रामोस र क्लबको सम्बन्ध बिग्रिएको र पहिला जस्तो नभएको बाहिर आएको छ । रामोसले यस सिजनको शुरुमा क्रिस्टियानो रोनाल्डोले क्लब छोडेपछि रोनाल्डोको ठाउमा अर्को ठुलो खेलाडीलाई भित्राउन दिएको सल्लाह रियल व्यवस्थापनले नमाने पछि रामोस रुष्ठ बनेको बताइएको छ । रामोसले रोनाल्डोको सट्टामा नयाँ खेलाडी नल्याउनु नै क्लबको यस सिजनको प्रदर्शनमा गिरावट आएको दाबि गर्दै आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका छन् । 

रियलले यस सिजनमा इडेन हजार्ड वा नेइमारलाई भित्राउने तयारी गरिरहेको छ । त्यस्तै रियलका अर्का खेलाडी ग्यारेथ बेलले पनि आउदो सिजन रियलबाट खेल्ने विषय अनिश्चत बनेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै