• २०८१ बैशाख ५ बुधबार

तेह्रथुम कांग्रेसले उम्मेदवार सिफारिस, राज्यमन्त्री सीता गुरुङ सर्वसम्मत 

kharibot

तेह्रथुम, असोज २६ – तेह्रथुम जिल्लामा नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।

तेह्रथुममा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको नाम सर्वसम्मत सिफारिस भएको छ । कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ पूर्वसभासद तुलसी सुब्बा, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भटराई र राज्यप्रसाद लिम्बुको नाम सिफारिस गरेको छ । 

प्रदेश सभा सदस्य तर्फ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ कांग्रेसले जिल्ला सभापति गोविन्द ढुंगानाको नाम सर्वसम्मत पठाएको छ । 

यस्तै प्रदेश सभा सदस्य तर्फ क्षेत्र नं. १ मा समानुपातिकतर्फ नेपाली कांग्रेसबाट अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपीन सुब्बा, टेकराज तिगेला लगायत दर्जन बढी नेताहरुको नाम सिफारिस भएको छ । 

प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले नारायणकुमार ईङनाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस गरेको छ । प्रदेश सभा क्षेत्र नं. २ मा नै समानुपातिकतर्फ कांग्रेसले गणेश घिमिरे, केशव भेटुवाल,  भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना बर्देवा लगायतको नाम सिफारिस गरेको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै