• २०८१ बैशाख ८ शनिबार

पाँचथर हत्या प्रकरण : स्थलगत अनुसन्धान सकियो

kharibot

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा भएको हत्याकाण्डको स्थलगत अनुसन्धान सकिएको छ ।

दुई घरमा नौ जनाको बीभत्स हत्याकाण्डको स्थलगत अनुसन्धान सकिएको पाँचथरका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए ।

मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवीबजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर प्रहरीले अनुसन्धान गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), १ नं प्रदेशअन्तर्गको विशेष टोली र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले घटनास्थलमा स्थलगत अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा हत्यामा प्रयोग भएको सामग्री सङ्कलन, छिमेकी र हत्या गरिएकाका आफन्तलगायत विभिन्न व्यक्तिसँग सोधपुछ गरिएको प्रहरी नायब उपरीक्षक कुवँरले वताए ।

घटना बारेमा स्थलगत अनुसन्धान सकिँदासम्म स्थानीयवासीले शङ्का गरेका व्यक्ति मानबहादुर माखिमको संलग्नता देखिएको प्रहरी उपरीक्षक कुँवरको भनाइ छ ।

घटनामा अन्य व्यक्तिको पनि संलग्नता भए-नभएको बारेमा थप अनुसन्धान गरिने उनको भनाइ छ । प्रहरीले शङ्का गरेका व्यक्ति मानबहादुर माखिमको मङ्गलबार हत्या भएको स्थलबाट करीब डेढ घण्टाको दूरीमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै