शेष घलेकी श्रीमती जमुना घलेद्वारा एनआरएनए अध्यक्षको उम्मेदवारी घोषणा   

खरीबोट

काठमाडौँ । गैरआवासिय नेपाली संघ एनआरएनएको अध्यक्षको लागि जमुना गुरुङले उम्मेद्वारी दिने घोषणा गरेकी छन् ।  काठमाडौँको र्याडिसन होटलमा पत्रकार सम्मेलन आयोजना गरेर घलेले उम्मेद्वारी घोषणा गरेकी हुन् ।

एनआरएनए अध्यक्ष शेष घलेकी श्रीमती जमुनाले काठमाडौं आएका एनआरएनका प्रतिनिधिहरुले नेतृत्वमा उठ्न बारम्बार आग्रह गरेपछि उम्मेद्वारी दिन लागेको बताएकी छन् ।

लमजुङमा जन्मिएकी घले २०४७ सालमा श्रीमानसँगै पढ्न लागि अष्ट्रेलिया गएकी थिइन् । विजनेश मार्केटिङ अध्ययनपछि उनी ब्यवसायमा सम्लग्न भएकी थिइन्।  अष्ट्रेलियाको महिला धनाढ्य सुचीमा उनी ७ औं नम्बरमा रहेकी घले अष्ट्रेलियाको एमआइटी कलेजको उनी एक्जुकेटिभ डाइरेक्टर हुन् ।  

काठमाडौंमा शनिबारबाट सुरु हुने एनआरएनए सम्मेलनमा भवन भट्ट र टीबी कार्कीले अध्यक्षको उमेद्वारी घोषणा गरिसकेका छन् । 
 

सम्बन्धित समाचार

एनआरएनए मध्यपूर्व संयोजक शर्मा कतारमा पक्राउ

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन् । संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे । शर्मालाई पक्राउ

एनआरएनएमा उपाध्यक्ष थपिने, विधानसभा नरहने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान

एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी 

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।  गएराती काठमाडौंमा सम्पन्न भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् ।

एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु, सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने

काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ विश्व सम्मेलन काठमाडौंमा आजदेखि सुरु भएको छ । काठमाडौंको पाँच तारे होटलमा सुरु भएको उक्त सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले आज गरेकी छिन् । असोज


z