• २०८१ बैशाख १३ बिहीबार

काठमाडौँ विस्फोटमा मृत्यु हुने विप्लवका कार्यकर्ता – गृहमन्त्री थापा  

kharibot

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौँमा आइतबार विस्फोटमा मृत्यु भएका चार जना विप्लव समुहका कार्यकर्ता रहेको बताएका छन् ।  

प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै नेत्र विक्रम चन्द विप्लवको गतिबिधि बारे जानकारी गराउदै आइतबार मृत्यु हुने विप्लवका कार्यकर्ता रहेको बताए ।

विप्लव समुहले कानुन विपरित देशभर गतिबिधि संचालन गरेको जानकारी गराएका छन् ।

विप्लव समुहको मुख्य निशाना काठमाडौँ उपत्यका बनेको बताउदै उपत्यकामा उनीहरुको गतिबिधि बढेको बताएका छन् । 

गृहमन्त्री थापाले आइतबार काठमाडौँको सुकेधारा र घट्टेकुलोमा भएको विस्फोट बारे समेत जानकारी गराएका छन् ।

गृहमन्त्रीले काठमाडौँको घट्टेकुलो र सुकेधारामा भएको विस्फोटमा चार जनाको निधन भएको र ६ जना घाइतेको काठमाडौँका बिभिन्न अस्पतालमा उपचार भैरहेको बताए ।

गृहमन्त्रीले काठमाडौँको नारेफाटबाट शंकास्पद बस्तु र विस्फोटक पदार्थसहित ७ जनालाई नियन्त्रणमा लिइएको जानकारी संसदलाई गराए ।

गृहमन्त्रीले जनजीवन सामान्य रहेको भएपनि लामोदुरीका यातायात र शैक्षिक संस्थामा आंशिक प्रभाव परेको संसदलाई जानकारी गराएका छन् ।

विप्लव समुहलाई वार्ताबाट मुलधारमा ल्याउन र उनीहरुका गतिबिधिलाई नियन्त्रण गर्न सरकार अग्रसर रहेको संसदलाई जानकारी गराए ।

पाँचथर घटनामा एक जनाको संलग्नता देखियो : गृहमन्त्री  

गृहमन्त्री थापाले संसदलाई पांचथर हत्या प्रकरणका बारेमा समेत जानकारी गराएका छन् ।

पांचथर घटनामा १६ जनासँग सोधपुछ बह्येको र ४० भन्दा बढी टेलिफोन कलको विश्लेषण भैरहेको जानकारी संसदलाई गराए । अहिलेसम्मको अनुसन्धानमा एक जनाको मात्र घटनामा संलग्न रहेको देखिएको बताउदै गृहमन्त्रीले अहिले पनि अनुसन्धान जारी रहेको बताए ।                 
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै