• २०८१ बैशाख ६ बिहीबार

एएफसी अध्यक्ष शेख बिन नेपालको दुई दिने भ्रमण सकेर फिर्ता  

kharibot

काठमाडौं । एशियन फुटबल कन्फेडेरेसनका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफा नेपालको दुई दिने भ्रमणमा सकेर फर्किएका छन् ।  

शेख सलमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणि कुवर, महासहिव धिरेन्द्र प्रधान र एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर सहित एन्फाका अन्य सदस्यले विदाई गरेका गरका छन् ।

भारतमा सुरु भएको फिफा अन्डर १७ विश्वकपको उद्घाटन पछि शेख नेपाल भ्रमणमा आएका शेखले  नेपाल भ्रमणको क्रममा नेपालको फुटबल बिकास, एएफसी र एन्फाको सम्बन्ध विकासका विषयमा छलफल गरेको बताइएको छ ।

साथै यस भ्रमणबाट एसियन सदस्य राष्ट्रहरुका बीचको सम्बन्ध विकास र फुटबलको विकासमा देखिएका चुनातीहरुको विषयमा छलफल भएको बताइएको छ । शेखले नेपालको भ्रमणपछि भुटानको पनि भ्रमण गर्ने एएफसीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै