• २०८१ बैशाख ७ शुक्रबार

बारामा अज्ञात समुहद्वारा ट्रकमा आगजनी

kharibot

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बजनीमा गए राती अज्ञात समुहले लोड गरिएको एक ट्रकमा आगजनी गरेको छ ।

मोतिहारी बिरगंज अमलेखगंज ईन्धन पाईपलाईन आयोजनाको पाईपलोड भई आएको भारतीय नम्वर ल्पेटको ए.पि.३१.एक्स.६३१६ को सडक छेउमा पार्किङ्ग गरेको अवस्थामा रहेको ट्रकमा आईतवार राती आगजनी गरेको हो । 

राती १२ बजे तिर आगजनी भएको ट्रकको टायर पड्किएको आवाजले स्थानीय बिउझेर प्रहरी र दमकललाई जानकारी दिएपछि दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिईएको स्थानीय युवा सुशिल ढोडारीले बताए ।

जेठ १३ गते पिप्लव समुहको नेपाल बन्द घोषणको पूर्व सन्धामा यो घटना घटाईएको हुँन सक्ने बारा प्रहरीको अनुमान छ ।

प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपि रंजित सिंह राठोरले बताएका छन् । 

आगजनी भएको ट्रकको पछिल्ला आठ वटै टायर जलेर नष्ट भएको छ र लोड भएका पाईपमा के कति क्षति भएको छ, भन्ने बिवरण आउँन बाँकी रहेको प्रवक्ता राठोरले बताए ।
आज लामो दुरीका सवारी साधान कम मात्रामा चलेको र जिल्लाका बाँकी स्थानको अवस्था सामान्य रहेको समेत उनले जानकारी गराए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै