सिकलसेल एनिमियाका कारण तीन जनाको मृत्यु

खरीबोट
ad

दाङ । यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् । 

बिरामी अस्पतालमा आएर मृत्यु नभए पनि उपचार औषधि सेवन गरिरहेको अवस्थामा परिवारले मृत्यु भएको खबर अस्पतालसम्म पु¥याएका छन् । नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानेले जानकारी दिए । केन्द्रबाट १५ जनाले नियमित रगत साप्ताहिक रुपमा लिइरहेका मध्ये तीन जनाको ज्यान गइसकेको र १२ जनाले अहिले नियमित रगत लिइरहेको जानकारी न्यौपानेले दिए  । 

मुत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी अहमद मारुक खानले दाङका थारू समुदायमा बढी सिकलसेल एनिमिया देखिएको र हालसम्म अस्पतालबाट ९८ जनाले उपचार गराइरहेको बताए । उनले अस्पतालमै कसैको मृत्यु नभएको भए पनि घरमा मृत्यु भएको खबर आएको बताए । सिकलसेलको पहिचान भएकाहरु उपचारका लागि सिफारिश माग्न आएका ८६ जनालाई निःशुल्क सिफारिश गरेको जनस्वास्थ्य प्रमुख धनश्याम पोख्रेलले बताए । 

सम्बन्धित समाचार

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडौँ। वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ ।  अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ

बाँकेका बाढीपीडितमा स्वास्थ्य समस्या

बाँके । बाँकेका बाढीपीडितमा आँखा, कान र पेट दुख्ने समस्या देखिएको छ । बाढीपीडितलाई लक्षित गरी राप्ती सोनारी गाउँपालिकाअन्तर्गत डुबान क्षेत्रमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचारार्थ आएका बाढीपीडितमा यस्तो समस्या

टीकापुर अस्पतालमा दरबन्दीभन्दा न्यून स्वास्थ्यकर्मी

कैलाली /  चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले

महोत्तरीका स्वास्थ्यकर्मी आन्दोलनमा

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका छन् । पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी