• २०८१ बैशाख १४ शुक्रबार

हिमालयन बैंकद्धारा शिक्षण अस्पतालमा चिकित्सकको विश्राम कक्ष निर्माण

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले त्रि. वि. शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी विश्राम कक्ष निर्माण गरिदिएको छ । 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्य स्वरुप उक्त विश्राम कक्ष निर्माण गरिदिएको हो । अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी यो कक्ष निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ । 

बैंकका संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयूक्तरुपमा आज एक समाहरोहका बिच उक्त विश्राम कक्षको समुद्धघाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे । 

सो अवसरमा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले त्रिवि शिक्षण अस्पतालमा विश्राम कक्ष निर्माण गर्न पाउँदा खुशी व्यक्त गरे र त्यस अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई बैंकले उपलब्ध गराउने सेवा उपभोगका लागी आग्रह गरे । 

साथै बैंकले यी जस्तै अत्यावश्यक क्षेत्रहरुमा आगामी दिनहरुमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बताए । उनले सोहि अवसरमा त्रि. वि. शिक्षण अस्पताल निर्माण गर्दाका क्षणहरुको बारेमा आफ्नो अनुभव व्यक्त गरे ।

त्यस्तै त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले हिमालयन बैंकको सहयोगमा निर्माण भएको विश्राम कक्षले लगातारको कामबाट थकित चिकित्सकहरुका लागी केही समय विश्राम गर्ने ठाउँ बनाइदिएकोमा धन्यवाद प्रदान गरे ।

सामाजिक उत्तरदायित्वको निर्वाह हिमालयन बैंकको स्थापना कालदेखिकै उद्देश्य हो । बैंकले विशेष गरी शिक्षा, स्वास्थ्य, अनाथालय, बृद्धाश्रम, खेलकुद, संस्कृति तथा सांस्कृतिक सम्पदा सरक्षण लगायत प्राकृतिक प्रकोपपिडितलाई सघाउने कार्यमा सहयोग गर्दै आएको छ ।

हाल बैंकको शाखा संख्या ५९ वटा, एटिएम संख्या ११६, २६०० भन्दा बढि कार्ड मर्चेन्टहरु र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै