• २०८१ बैशाख ८ शनिबार

आर्थिक सर्वेक्षण सार्वजनिक : वैदेशिक रोजगारीमा जाने ३५.९ प्रतिशतले घटे

kharibot

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक गतिविधि जनाउने आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा आर्थिक गतिविधिको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले चालू आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको बताए ।
यो वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने आर्थिक सर्वेक्षणमा जनाइएको छ ।

राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा सुधार आएको, विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेकोले अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको मन्त्री खतिवडाको भनाइ थियो ।

यस्तै, निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशतमा झरेको मन्त्री खतिवडाले बताए । यसअघि, यस्तो गरिबीको रेखामुनि रहेको संख्या २१.६ प्रतिशत रहेको थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्यामा ३५.९ प्रतिशतले घटे पनि रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेर ५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको मन्त्री खतिवडाले बताए ।

यो वर्ष मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित हुने जनाइएको छ भने सार्वजनिक ऋण ९ खर्ब पुगेको छ ।

आन्तरिक बचतले २० प्रतिशत विन्दु नाघेको छ भने फागुन मसान्तसम्ममा शोधानान्तर स्थीति ५९ अर्ब घाटामा रहेको उनले बताए ।

समीक्षा अवधिमा चालू खाता एक खर्ब ९१ अर्बले घाटामा रहेका कारण विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भइ ५ खर्ब ८२ पुग्दा पनि भुक्तानी सन्तुलनमा केही चाप परेको मन्त्री खतिवडाले बताए ।

उच्च लगानीका लागि औद्योगिक तथा पुँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको छ । यसबाट शोधानान्तर स्थितिमा र विदेशी विनिमय सन्चितिमासमेत चाप परेको उनले बताए ।

आर्थिक सर्वेक्षण २०७५/७६ को पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नोस् 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै