• २०८१ बैशाख १३ बिहीबार

विज्ञप्ति निकालेर विप्लवले भने- काठमाडौँ विस्फोटमा चार जना शहिद भए

kharibot

काठमाडौं । काठमाडौंमा आइतबार भएका दुई विस्फोटमा मारिने चारै जना नेकपा विप्लव समूहले आफ्ना कार्यकर्ता भएको स्वीकार गरेको छ ।

पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको बताएका छन् ।

मारिने मध्ये एक जना जनमुक्ति सेनाका कमाण्डरसमेत भएको खुलेको छ । विज्ञप्तिमा ‘जेठ १२ गते काठमाडौंमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमाण्डर’ भन्दै क्रमशः महान, दीपेन्द्र, प्रज्वल र निरन्तरले शहादत पाएको लेखिएको छ ।
विप्लव समूहले घटना कसरी भयो भन्ने सत्यतथ्य बाहिर ल्याउने बताउदै यसको मुख्य दोषी सरकारको फासीवादी दमन भएको उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार भने बम बिस्फोट हुँदा सुकेधारामा अन्दाजी २८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक, त्यस्तै अन्दाजी ३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको मृत्यु भएको छ । त्यस्तै घट्टेकुलो बिस्फोटमा बझाङका प्रज्वल शाहीको मृत्यु भएको थियो ।

प्रेस विज्ञप्ति :

         
           
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै