• २०८१ बैशाख ७ शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समयमा सम्पन्न गर्न लेखा समितिको निर्देशन 

kharibot

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले भैरहवामा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यसै आर्थिक बर्षमा सम्पन्न गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिको आज बसेको बैठकले आयोजना तोकिएको समयमा सम्पान गर्न आवश्यक पर्ने गिटी, ढुंगा, माटो, विद्युत लगायतका निर्माण समाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आपूर्ति मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

समितले आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक नभएको भन्दै जग्गा अधिग्रहण र मुआब्जा वितरण कार्यलाई प्राथमिकताका सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै बैठकले ठेकेदार कम्पनिले प्राप्त गरेको भुक्तानी र सम्पान कामबीचको अनुपात एकिन गरी सोहि बमोजिम काम गराउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै