सिसी क्यामेरा जडान गर्न थप ३ करोड दिँदै कामपा

खरीबोट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई मजबुत बजाउन सिसी क्यामेरा जडान गर्न थप रु दुई करोड ८१ लाख उपलब्ध गराउने भएको छ । कामपाको ३३औँ नगर कार्यपालिका बैठकले नेपाल महानगरीय प्रहरी परिसर काठमाडौँलाई उक्त रकम दिने निर्णय गरेको हो । सुरक्षालाई मध्यनजर गर्दै  कामपाले गत फागुन १५ गते रु तीन करोड उपलब्ध गराइसकेको छ । 

महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो ।

महानगरपालिका र परिसरबीच यही असोज ९ गते समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न भएको समझदारीअन्तर्गत उक्त रकम सहयोग गरिएको प्रवक्ता डङ्गोलले जानकारी दिए । 

सिसी क्यामेरा जडानसँगै अपराध नियन्त्रण, वैज्ञानिक रुपमा प्रमाण सङ्कलन, फोहर व्यवस्थापन, अवैध कार्य नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास कामपाको रहेको छ ।

शहरी योजना आयोगमा बस्नेत

काठमाडौँ महानगरपालिकाको ३३औँ नगर कार्यपालिका बैठकले शहरी योजना आयोगमा सरोज बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको छ । गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगरसभाले स्वीकृत गरेको काठमाडौँ महानगरपालिका शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम उनीलाई उपाध्यक्ष नियुक्त गरिएको प्रवक्ता डङ्गोलले जानकारी दिए । बस्नेत यसअघि आयोगको सदस्यसचिव थिए ।

ऐनअनुसार आयोगको अध्यक्षमा कामपाको प्रमुख रहने व्यवस्था रहेको छ । त्यसैगरी उक्त बैठकले पाकिस्तानको इस्लामावाद नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव अनुमोदन गरेको छ ।

बैठकमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडाका योजना कार्यान्वयन गर्दा महानगरसँग समन्वय गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई आग्रह गरे । महानगरको सन्तुलित र योजनावद्ध बिकासका लागि आगामी नगरसभामा प्रस्तुत हुने प्रस्ताव वडा समितिबाट अनुमोदन गरेर समयमा नै पठाउन पनि शाक्यले आग्रह गरे ।

सम्बन्धित समाचार

बालाजुमा सवारी दुर्घटना, एकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना४ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम

वडाध्यक्षको फर्जी हस्ताक्षर गरेको अभियोगमा पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन् । आर्थिक

काठमाडौं महानगरपालिकाका कर्मचारीविरुद्ध घुस लिएको आरोपमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका अनुसार आरोपी खड्काले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसार

शङ्खरापुरमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’

काठमाडौँ ।  काठमाडौँको शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप


z