क्यालिफोर्नियाको डढेलोबाट २३ जनाको मृत्यु, करिब ६ सयजना बेपत्ता

खरीबोट
ad

सान फ्रान्सिस्को ।  अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ र त्यसमा परी मृत्यु हुनेको सङ्ख्या पनि बढेर २३ पुगेको छ । 

जङ्गलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेको थियो । त्यसमा परी अहिलेसम्ममा ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । 

गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २३ पुगेको र अरु कैयौँ व्यक्ति हराइरहेका बताइएको छ । तर डढेलो अझै पनि नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् । 

क्यालिफोर्निया राज्यको ५० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो सल्किएको छ । अहिले पनि यसको पूर्ण रुपमा नियन्त्रण हुन सकिरहेको छैन । करिब २०० अग्निनियन्त्रकले आगो निभाउने काम गरिरहेका बताइएको छ । 

उक्त राज्यको सोनोमा काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ । उक्त काउन्टीमामात्र १७ जनाको ज्यान गएको छ । त्यसैगरी सो जिल्लाबाट धेरै व्यक्ति हराएका छन् । 

डढेलोका कारण प्रभावित भएका कम्तीमा पनि २५ हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ । 

हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफै भाग्न सकेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ । 

बिहीबार प्राप्त समाचारअनुसार करिब पाँच हजार जनालाई शिवीर बनाएर राखिएको छ । सो शिवीरमा बस्ने नागरिकको घरबास जलेको र अन्य भौतिक सम्पत्ति पनि क्षति भएको छ । 

पछिल्लो जानाकारी अनुसार अहिलेसम्ममा तीन हजार ५०० भन्दा बढी घर खरानी भएका छन् । अरु पनि स्थानीय नागरिकका आधारभूत संरचनाहरु डढेर खरानी भएका छन् । 

अहिले पनि डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेकोले करिब २०० वटा अग्निनियन्त्रक र सेनाले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् । 

सम्बन्धित समाचार

आगलागीमा परी सात जना घाइते

काठमाडौं । मंगलबार बिहान काठमाडौंको ज्याठामा भएको आगलागीमा सात जना घाइते भएका छन् । बिहान ४ बजे स्थानीय सुमन स्थापितको भुइँतलामा ट्रेकिङका लागि प्रयोग हुने अक्सिजनका करिब ८० बढी सिलिण्डरमध्ये

इलाममा आगलागीबाट दुई करोड बराबरको क्षति

इलाम । इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रू. २ करोडको क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा

बाराको जितपुरमा कपडा पसलमा आगलागी, लाखौंको क्षति

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ टेंढारोड स्थित कपडाको पसलमा आगलागि हुँदा लाखौंको क्षति भएको छ । विद्युत् सर्ट–सर्किटका कारण जीतपुर–७ टेंढारोड स्थित भण्डारी वस्त्रालयमा आगलागि हुँदा लाखौं रुपैयाँ मूल्य

चीनको होटलमा आगलागी हुँदा १८ को मृत्यु

बेइजिङ । चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार सवेरै कम्तीमा १८ को मृत्यु भएको छ । उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी सुरु भएको अधिकारीहरुले