पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द बैतडीबाट सिफारिस

खरीबोट
ad

बैतडी ।  पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैतडीबाट सिफारिश भएका छन् । 

सुर्नया गाउँपालिका–२ बाशुलिङ्गका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिश गरिएको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिए । पूर्वप्रधामन्त्री चन्दसँगै उनका छोरा जयन्त चन्दको नाम प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फका लागि सिफारिश गरिएको छ । 

यस्तै, नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधि सभाको प्रत्यक्षका लागि सिफारिश गरेको छ । प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिश भएको छ । 

क्षेत्र नं २ बाट समानुपातिकतर्फ चन्द्रकला साउद, हेमराज लेखक, जितसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिश गरिएको छ । 

दुवै क्षेत्रको प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यका लागि केही दिनभित्रै उम्मेदवार सिफारिश गरिने राप्रपा बैतडीले जनाएको छ । प्रदेश सभाका लागि दुई र प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् । जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । 

सम्बन्धित समाचार

वाइड बडी विमान खरिदको भ्रष्ट्राचार छानबिन ओझेलमा नपरोस् - सांसद राजेन्द्र लिङदेन

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले नेपाल एयरलाइन्सको विमान खरिद प्रकरणमा भएको भ्रष्ट्राचार ओझेलमा परेको भन्दै निगममा नयाँ कार्यकरी अध्यक्षको नियुक्तिका कारणले भ्रष्ट्राचार काण्ड ओझेलमा नपरोस् भन्ने चेतावनी दिएका

राप्रपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा 

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको कन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । काठमाडौमा हुने बैठकका लागि आवश्यक तयारी तथा बैठकमा पेश हुने एजेण्डा तय भइसकेको राप्रपाले जनाएको छ ।  मंगलबार र

हिन्दुत्व पहिचान रक्षा गर्न महिलाहरुले हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्छ :  कमल थापा 

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुत्व पहिचान रक्षाको निमित्त महिलाहरुले हस्तक्षेपकारी भुमिका निर्बाह गर्नुपर्ने बताएका छन् ।  पार्टीको भगिनि संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन भक्तपुर जिल्ला समितीद्वारा आयोजित

राप्रपाको महामन्त्री र कोषाध्यक्षमा भास्कार भद्रा र उद्धव पौडेल मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको महामन्त्री र कोषाध्यक्षमा भास्कार भद्रा र उद्धव पौडेल मनोनित भएका छन्। राप्रपाको नयाँ विधान अनुसार अध्यक्ष कमल थापाले भद्रा र पौडेललाई महामन्त्री