अबको आवश्यकता आर्थिक क्रान्ति : मुख्यमन्त्री गुरुङ

खरीबोट

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको अबको आवश्यकता आर्थिक क्रान्ति भएको बताएका छन् । गण्डकी प्रदेश मूल समितिद्वारा आज पोखरामा आयोजित गणतन्त्र दिवस समारोहमा उनले राजनीतिक क्रान्ति सम्पन्न भएकाले नेपाली जनताको समृद्धि र विकासको चाहना पूरा गर्न अब आर्थिक क्रान्तिको विकल्प नभएको बताए ।

नेपाली जनताको लामो समयदेखिको सङ्र्घषको उपलब्धिस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको चर्चा गर्दै उनले संविधानको सफल कार्यान्वयनका लागि सबै पक्षको एकताबद्ध प्रयास आवश्यक भएको बताए ।

सङ्घीय राज्य प्रणालीको भावना र मर्मअनुरुप हाम्रो संस्कार, संस्कृति र कार्यशैलीमा परिवर्तन आउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले चरम भ्रष्टाचार, अनियमितता अन्त्यका लागि आजको दिनमा सामूहिक प्रतिबद्धता आवश्यक रहेकामा जोड दिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले गणतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल बनाउन एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।

सो कार्यक्रममा प्रदेशअन्तर्गतका विभिन्न कार्यालयका उत्कृष्ट कार्य गरेबापत २५ जना राष्ट्रसेवक कर्मचारीलाई नगद पुरस्कार तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यसअघि मुख्यमन्त्री गुरुङले पोखराको शहीदचोकस्थित शहीद पार्कमा पुगी अमर शहीद स्मारकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सो अवसरमा मूल समारोह समितिद्वारा सिर्जनाचोकबाट प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीलगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

सामाजिक विविधतामा एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त हाम्रो समाजमा वर्षौंदेखि चल्दै आएका रीतिरिवाज, चालचलनका आधारमा विविधतामा एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याउनु भएका छन । एभरेष्ट बैंक लिमिटेडको सहयोगमा पोखराको शान्तिघाटस्थित सेती नदी

पार्टीका कार्यकर्ता न्याय परिषद्मा नियुक्त हुनु दुर्भाग्य हो : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुलुकी देवानी र फौजदारी

समृद्धिको प्रमुख आधार पर्यटन : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनबाटै प्रदेशको समृद्धि र विकास सम्भव भएकाले पोखराको पर्यटनमा महत्वपूर्णस्थान ओगटेको फेवातालको संरक्षणमा सरकार लागि परेको बताएका छन् । पोखरा १७ ड्यामसाइडस्थित फेवातालको किनारामा

विप्लव आन्दोलनको कुनै अर्थ छैन : मुख्यमन्त्री गुरुङ

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् । आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मुलुकको विकास निर्माणमा अवरोध पुर्याउने


z