• २०८१ बैशाख ७ शुक्रबार

बाल संरक्षण गृह सिफलमा “चोकोफन बाल–बाटिका” उद्घाटन 

kharibot

काठमाडौँ । सुजल फूड्स नेपालको सबैभन्दा ठूलो र अग्रणी कनफेक्सनरी (चकलेट) उत्पादक कम्पनिद्वारा बाल संरक्षण गृह, बाल मन्दिरको शाखा, सिफल, काठमाडौंमा एक समारोहकाबीच “चोकोफन बाल–बाटिका” खेलमैदान उद्घाटन गरिएको छ । 

विगत १७ वर्षदेखि, यस कम्पनिको उत्कृष्ट उत्पादन चोकोफन नेपालभरिका बाल–बालिका माझ मुस्कान छर्न सफल हुँदै आएको छ । यसैगरी “चोकोफन बाल–बाटिका” द्वारा यस कम्पनिको  बाल संरक्षण गृह मा आश्रित बाल–बालिकाहरुलाई खुशी र मुस्कान बाँड्ने एउटा अर्को जमर्को हो ।

“चोकोफन बाल–बाटिका” बाल संरक्षण गृह हाताभित्र सुन्दर ढङ्गले निर्माण गरिएको छ । यसक्रममा खेल सामाग्रीहरुः चिप्लेटी, ढिकी–च्याउ र पिङ् खेलमैदानमा जडान गरिएको छ । त्यस्तै मैदानसँगै जोडिएको पर्खालमा बाल–बालिकाहरु खेलमैदानमा रमाइरहेका आकर्षक चित्र पेन्ट गरिएको छ । खेल–मैदान विभिन्न रङ्गहरुको प्रयोग गरी कलात्मक ढङ्गले बारिएको छ, जसले गर्दा खेलमैदान अझै सुन्दर देखिएको छ । 

खेलमैदानमा बाल–बालिकाहरुको सुरक्षाको मध्यनजर गर्दै र मैदानलाई प्राकृतिक स्वरुप दिन उच्च गुणस्तरको दुबो रोपिएको छ । खेल तथा अन्य निमार्ण सामाग्रीहरु छनौट गर्दा पनि बाल–बालिकाहरुको सुरक्षा मैत्री होस् भनेर विशेष ध्यान दिइएको छ । खेलकुद बाल–बालिकाहरुको शारिरिक तथा मानसिक विकासको लागि अपरिहार्य छ । यस खेलमैदानबाट  बाल संरक्षण गृहमा आश्रित बाल–बालिकाहरुले सिधै लाभ लिनुका साथै उनीहरुको विकासमा फाइदाजनक हुन्छ भनेर विश्वास गर्न सकिन्छ ।

चोकोफन बाल–बालिकाहरुमाझ सबैभन्दा लोकप्रिय छ । यसर्थ, चोकोफनको संस्थागत सामाजिक उत्तरदायित्व बाल–बालिकाहरुको विकासप्रति केन्द्रित छ । सामाजिक कार्यहरु सदैव हामीले सेवा पुर्याउँदै आएका समाज, तथा बाल–बालिकाहरुको जीवनमा रमाइलो खुशी र प्रगतिप्रति उधेश्य निर्देषित रहेको भन्दै कम्पनीले निकट भविष्यमा यस्तो खेलमैदानको निर्माण बाल मन्दिरका अन्य शाखामा पनि विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

सामाजिक कार्यहरु दीर्घकालीन र स्थायी हुनुपर्छ भन्ने विश्वास बोक्दै त्यसैले यस खेलमैदानको मर्मतसम्भार प्रति पनि हामी प्रतिबद्घ रहेको जनाएको छ । त्यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्व बालबालिका सम्बन्धित क्षेत्रहरु जस्तै बाल–शिक्षा, बाल–स्वास्थ्य, बाल–पोषण र वातावरणमा पनि विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

सुजल फूड्सको उत्कृष्ट उत्पादन चोकोफनले वर्षौ देखि नेपालीहरुको मन जित्दै आएको छ । यसलाई सन् १९९९ मा पहिलो पटक बजारमा ल्याइएको हो । लक्ष्मी ग्रुप अन्तर्गतको भातृसंस्था सुजल फू्ड्सले विगत चार दशकदेखि उच्च गुणस्तरको चकलेटहरुको उत्पादन गर्दै आएकोले यस कम्पनि देशकै नं. १ कन्फेक्स्नरी कम्पनि बन्न सफल भएको छ । यस कम्पनिले अन्तरष्ट्रिय स्तरको वेफर, टफी, बबल गम् तथा स्टिक गम् उत्पादन गर्दै आएको छ । यस कम्पनिको स्वामित्वमा रहेको प्रतिष्ठित ब्राण्डहरुः चोकोफन, क्रेभ, रसिलो कयान्डी, फ्रेसो, क्यान्डीम्यान, आदिले लाखौंको मन जित्दै आएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै