• २०८१ बैशाख १३ बिहीबार

धादिङमा पर्यटक बस खोलामा खस्दा एकको मृत्यु १८ जना घाइते

kharibot

धादिङ । थाक्रे गाउँपालिका वडा नं १ खयरघारीबाट महेश खोलामा बस खस्दा आज एक जनाको मृत्यु भएको छ । 

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस खोलामा राजमार्गबाट खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको सनाखत नभएको प्रहरीले जनाएको छ । 
सडकबाट बस खोलामा खसेपछि बजारबासी  र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

दुर्घटनामा घाइते भएको १८ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उद्धारकर्ता राजु थापाले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै