• २०८१ बैशाख ७ शुक्रबार

आजदेखि विश्वकप क्रिकेट : १० देशले प्रतिष्पर्धा गर्दै  

kharibot

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अब केहिदिनमा शुरु हुदै छ । इङल्याण्ड र वेल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकपको यो १२औ संस्करण हो । आगामी मे ३० देखि जुलाई १४ सम्म हुने यस विश्वकपमा १० टिमले भाग लिदै छन् ।

नेपाली समय अनुसार अपराह्न सवा ३ बजे शुरु हुने उद्घाटन खेलमा आयोजक इङल्याण्ड र दक्षिण अफ्रीका खेल्दै छन् । घरेलु मैदानमा इङल्याण्डलाई यस विश्वकपको ‘फेभरेट’ टिम मानिएको छ भने दक्षिण अफ्रीकाको युवा र अनुभवीको मिश्रण रहेको टिम पनि बलियो टिम रहेको छ । दक्षिण अफ्रिका आफ्ना तिब्र गतिका बलर डेल स्टेन घाइते भएपछि उनी बिना विश्वकपको पहिलो खेल खेल्दै छ ।    

यस विश्वकपमा सहभागी टिम :

इङल्याण्ड आयोजकको हैसियतमा विश्वकप खेल्दै छ भने अन्य सात देश अस्ट्रेलिया, बंगलादेश, भारत, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सन् २०१७ सेम्टेम्बर ३० सम्म आइसीसीको उत्कृष्ट ८ वरियतामा परेका कारण विश्वकपमा सिधै छनौट भएका हुन् ।

त्यस्तै अफगानिस्तान र वेस्टइन्डिज भने सन् २०१८ को मार्चमा जिम्बाबेमा भएको क्रिकेट विश्वकप क्वालिफायरमा पहिलो र दोस्रो भएर छनौट भएका हुन् ।

यस विश्वकपमा आइसीसीले यसअघि सन् १९९२ मा खेलाइएको फर्म्याटमा विश्वकप खेलाउने भएको छ । यस पटक सबै टिमलाई एकै समुहमा राखिएको छ भने सबै टिमले एकअर्काविरुद्ध एकएक पटक खेलेपछि शिर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

यसरी मे ३० देखि जुलाई ६ सम्म लिग खेल हुने छन् भने अंक तालिकामा शिर्ष स्थानमा रहेको र चौथो स्थानमा रहेको देशबीच जुलाई ९ मा पहिलो सेमिफाइनल खेल हुने छ भने जुलाई ११ मा दोस्रो र तेस्रो स्थानमा रहेको देशबीच दोस्रो सेमिफाइनल खेल हुने छ ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई १४ मा हुने छ ।

विश्वकपका अहिलेसम्मका विजेता :

क्रिकेट विश्वकपमा अहिलेसम्मका एघार संस्करणसम्म आउदा अस्ट्रेलियाले धेरै पटक विश्वकप जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ गरी कुल ५ पटक विश्वकप जितेको छ ।

त्यस्तै भारत र वेस्टइन्डिजले २-२ पटक विश्वकप जितेका छन् । भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो भने वेस्टइन्डिजले सन् १९७५ र १९७९ मा विश्वकप जितेको थियो ।

त्यस्तै पाकिस्तानले सन् १९९२ र श्रीलंकाले सन् १९९६ मा गरी एक एक पटक विश्वकप जितेका छन् ।

क्रिकेटको जननी मानिने इङल्याण्डले भने अहिलेसम्म विश्वकप जित्न सकेको छैन । इङल्याण्ड सन् १९७९, १९८७ र १९९२ मा उपविजेता बनेको थियो ।

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई सबै भन्दा अभागी टिमको रुपमा लिइन्छ । दक्षिण अफ्रिका अहिलेसम्म ४ पटक विश्वकपको सेमी फाइनलमा पुगेर पनि फाइनलमा पुग्न असफल भएको छ । दक्षिण अफ्रिका सन् १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनलसम्म पुगेको थियो ।

त्यस्तै न्युजील्याण्ड एक पटक गत विश्वकपमा फाइनलमा पुगेर अस्ट्रेलियासँग पराजित भएको थियो ।

विश्वकपको इतिहासमा पहिलो पटक केन्याले सबैलाई आश्चर्यमा पार्दै सेमिफाइनलसम्म पुगेको थियो ।

त्यस्तै अहिलेसम्म जिम्बाबे, बंगलादेश, आयरल्याण्ड, क्यानाडा, नेदरल्याण्ड, स्कटल्याण्ड, युएई, अमेरिका, अफगानिस्तान, बर्मुडा, इस्ट अफ्रीका र नामिबिया विश्वकप खेलिसकेका छन् ।

क्रिकेट विश्वकपमा अस्ट्रेलियाको दबदबा 

यसअघि ११औ पटक सम्पन्न विश्वकपमा अस्ट्रेलियाको एकतर्फी दबदबा देखिएको छ ।

अस्ट्रेलियाले अहिलेसम्म कुल ५ पटक विश्वकप क्रिकेटको उपाधि जित्दै सबै भन्दा धेरै पटक विश्वकप क्रिकेटको उपाधि जित्ने देश रहेको छ ।अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ गरी कुल ५ पटक विश्वकप जितेको छ ।

त्यस्तै भारत र वेस्टइन्डिजले २-२ पटक विश्वकप जितेका छन् । भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो भने वेस्टइन्डिजले सन् १९७५ र १९७९ मा विश्वकप जितेको थियो ।

त्यस्तै पाकिस्तानले सन् १९९२ र श्रीलंकाले सन् १९९६ मा गरी एक एक पटक विश्वकप जितेका छन् ।

अहिलेसम्म भएका सबै ११ विश्वकपमा भाग लिदै अस्ट्रेलिया ७ पटक फाइनलसम्म पुगेको थियो । जसमा ५ पटक विजेता बन्न सफल भयो । अस्ट्रेलिया पहिलो विश्वकपमा वेस्टइन्डिजसँग र सन् १९९६ को विश्वकपमा श्रीलंकासँग पराजित हुदै उपविजेता बनेको थियो ।

साथै अस्ट्रेलिया विश्वकपमा अहिलेसम्म धेरै खेल जित्ने टिम पनि हो । अस्ट्रेलियाले अहिलेसम्म विश्वकपमा खेलेका कुल ८४ खेलमा ६२ खेल जितेको छ भने २० खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेलको कुनै परिणाम आएन भने एक खेल बराबरीमा सकिएको छ ।

विश्वकपमा अस्ट्रेलियापछि सफल टिम भारत रहेको छ । दुई पटक विश्वकप जितेको भारतले विश्वकपमा अहिलेसम्म कुल ७५ खेल खेल्दै ४६ जित हासिल गरेको छ भने २७ खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेलको कुनै परिणाम आएन भने एक खेल बराबरीमा सकिएको छ ।

त्यस्तै दुई पटक विश्वकप जितेको वेस्टइन्डिजले विश्वकपमा अहिलेसम्म खेलेका ७१ खेलमा ४१ खेलमा जित हासिल गरेको छ भने २९ खेलमा हार बेहोरेको छ । जबकी एक खेल कुनै नतिजा बिना सकिएको छ ।

त्यस्तै एक पटक विश्वकप जितेको पाकिस्तान विश्वकपमा चौथो सफल टिमको रुपमा हेर्न सकिन्छ । पाकिस्तानले विश्वकपमा खेलेका अहिलेसम्मका ७१ खेलमा ४० मा खेलमा जित र २९ खेलमा हार बेहोरेको छ । त्यस्तै दुई खेल बिना नतिजा सकिएका छन् ।

त्यसै गरि सन् १९९६ को विश्वकप विजेता श्रीलंका विश्वकपमा सफल देशको सुचिमा पाँचौ स्थानमा रहेको छ । श्रीलंकाले विश्वकपमा अहिलेसम्म खेलेका ७३ खेलमा ३५ खेलमा जित हासिल गरेको छ भने ३५ खेलमा नै हार बेहोरेको छ । जबकी एक खेल बराबरी र दुई खेलको कुनै नतिजा नआइ सकिएका छन् ।

साथै अस्ट्रेलियाले विश्वकपमा सन् १९९९ देखि २०११ सम्म लगातार २७ खेलमा जित हासिल गर्दै रेकर्ड बनाएको छ । त्यस्तै विश्वकप क्रिकेटमा धेरै विकेट लिने खेलाडी पनि

अस्ट्रेलियाका ग्लेन म्याग्रा हुन् । उनले क्रिकेट विश्वकपमा ७१ विकेट लिएका छन् । त्यस्तै एकै विश्वकपमा धेरै विकेट लिने रेकर्डपनि अहिलेसम्म म्याग्राकै नाममा रहेको छ । म्याग्राले सन् २००७ को विश्वकपमा २६ विकेट लिएका थिए ।

त्यस्तै विश्वकपका खेल धेरै खेल्ने रेकर्ड पनि अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङको नाममा रहेको छ । उनले विश्वकपमा ४६ खेल खेल्दै यस्तो रेकर्ड बनाएका छन् ।

साथै धेरै पटक विश्वकप जित्ने खेलाडीमा पनि रिक्की पोन्टिङ, एडम गिलक्रिष्ट र ग्लेन म्याग्रा रहेका छन् । उनीहरुले सन् १९९९, २००३ र २००७ मा खेलाडीको रुपमा विश्वकप जितेका थिए ।

यस विश्वकपमा पनि अस्ट्रेलियालाई प्रमुख दाबेदार मध्ये एक मानिएको छ ।आगामी ३० मे देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपमा अस्ट्रेलिया एरोन फिन्चको कप्तानीमा खेल्दै छ ।

यस टिममा एक बर्षे प्रतिबन्ध सकिएका पुर्व कप्तान स्टिभ स्मिथ र डेभिड वार्नरको पुनरागमनले अस्ट्रेलियालाई प्रमुख दाबेदार बनाएको छ ।

अस्ट्रेलियन टिममा एरोन फिन्च (कप्तान), उसमान ख्वाजा, डेभिड वार्नर, स्टिभ स्मिथ, शन मार्श, ग्लेन म्याक्स वेल, मार्कस स्टोइनिस, एलेक्स करेय, पाट कमिन्स, मिचेल स्टार्क, झय रिचार्ड्सन, नाथन कल्टर निल, जासन बेहरेनड्रोफ, नाथन लियोन र एडम जाम्पा रहेका छन् ।

विश्वकप क्रिकेटमा अहिलेसम्म बनेका रेकर्ड्स

अहिलेसम्म सम्पन्न एघार संस्करणसम्म कैयौ यस्ता रेकर्ड बनेका छन् जसलाई तोड्न लामो समय पर्खिनु पर्ने देखिन्छ ।

धेरै फाइनल खेल्ने रेकर्ड :

अहिलेसम्म भएका सबै ११ विश्वकपमा भाग लिदै अस्ट्रेलिया ७ पटक फाइनलसम्म पुगेको थियो । जसमा ५ पटक विजेता बन्न सफल भयो । अस्ट्रेलिया पहिलो विश्वकपमा वेस्टइन्डिजसँग र सन् १९९६ को विश्वकपमा श्रीलंकासँग पराजित हुदै उपविजेता बनेको थियो ।

धेरै खेल खेल्ने र जित्ने रेकर्ड : 

अस्ट्रेलिया विश्वकपमा अहिलेसम्म धेरै खेल जित्ने टिम पनि हो । अस्ट्रेलियाले अहिलेसम्म विश्वकपमा खेलेका कुल ८४ खेलमा ६२ खेल जितेको छ भने २० खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेलको कुनै परिणाम आएन भने एक खेल बराबरीमा सकिएको छ ।

विश्वकपमा धेरै रन :

विश्वकप क्रिकेटमा धेरै रन बनाउने खेलाडी भारतका सचिन तेन्दुलकर हुन् । सचिनले ६ विश्वकपका ४५ खेलमा २२७८ रन बनाएका छन् । यस सुचिमा दोस्रो स्थानमा अस्ट्रेलियाका रिक्की पोन्टिङ रहेका छन् । उनले विश्वकपमा ४६ खेलमा १७४३ रन बनाएका छन् । त्यस्तै श्रीलंकाका कुमारा सांगाकाराले ३७ खेलमा १५३२ रन बनाएका छन् ।

धेरै शतक :

विश्वकपमा धेरै शतक बनाउने रेकर्डपनि भारतका सचिन तेन्दुलकरको नाममा रहेको छ । सचिनले ४५ खेलमा कुल ६ शतक बनाएका छन् । जसमा उनको सर्वाधिक रन १५२ रहेको छ ।

त्यस्तै दोस्रो धेरै शतक बनाउने खेलाडी श्रीलंकाका कुमारा संगाकारा र अस्टेलियाका रिक्की पोन्टिङ    हुन् । संगाकाराले ३७ खेलमा र पोन्टिङले ४६ खेलमा ५-५ शतक बनाएका छन् । त्यस्तै भारतका सौरभ गांगुली, दक्षिण अफ्रीकाका एबी डिभिलीयर्स, अस्ट्रेलियाका मार्क वाग, श्रीलंकाका तिलकरत्ने दिलसान र महिला जयवर्धनेले ४-४ विश्वकप शतक प्रहार गरेका छन् ।

धेरै अर्धशतक :

विश्वकप क्रिकेटमा धेरै अर्धशतक बनाउने खेलाडी पनि भारतका सचिन तेन्दुलकर नै हुन् । सचिनले विश्वकपमा सबै भन्दा धेरै २१ अर्धशतक बनाएका छन् । त्यस्तै सचिनपछि श्रीलंकाका कुमारा संगाकाराले १२ र अष्ट्रेलियाका रिक्की पोन्टिङले ११ विश्वकप अर्धशतक बनाएका छन् ।

धेरै विकेट :

विश्वकप क्रिकेटमा धेरै विकेट लिने खेलाडी अस्ट्रेलियाका ग्लेन म्याग्रा हुन् । म्याग्राले विश्वकपमा ३९ खेलमा ७१ विकेट लिएका छन् । त्यस्तै दोस्रो धेरै विश्वकप विकेट लिने खेलाडी श्रीलंकाका मुथैया मुरलिधरन हुन् । मुरलिधरनले विश्वकपमा ४० खेलमा ६८ विकेट लिएका छन् । त्यस्तै पाकिस्तानका पुर्व तिब्र गतिका बलर वाशिम अक्रमले विश्वकपमा ३८ खेल खेल्दै ५५ विकेट लिएका छन् । श्रीलंकाका चामिन्दा भासले ३१ खेलमा ४९ विकेट लिदै विश्वकपमा धेरै विकेट लिने खेलाडीको सुचिमा चौथो स्थानमा रहेका छन् । भारतका बलर जाहिर खान र ज्वागल श्रीनाथले विश्वकपमा ४४-४४ विकेट लिदै पाँचौ र छैठौ स्थानमा रहेका छन् ।

विश्वकपमा शतकको रेकर्ड : 

विश्वकपमा धेरै शतक बनाउने रेकर्डपनि भारतका सचिन तेन्दुलकरको नाममा रहेको छ । सचिनले ४५ खेलमा कुल ६ शतक बनाएका छन् । जसमा उनको सर्वाधिक रन १५२ रहेको छ ।

त्यस्तै दोस्रो धेरै शतक बनाउने खेलाडी श्रीलंकाका कुमारा संगाकारा र अस्टेलियाका रिक्की पोन्टिङ    हुन् । संगाकाराले ३७ खेलमा र पोन्टिङले ४६ खेलमा ५-५ शतक बनाएका छन् । त्यस्तै भारतका सौरभ गांगुली, दक्षिण अफ्रीकाका एबी डिभिलीयर्स, अस्ट्रेलियाका मार्क वाग, श्रीलंकाका तिलकरत्ने दिलसान र महिला जयवर्धनेले ४-४ विश्वकप शतक प्रहार गरेका छन् ।

त्यस्तै अहिलेसम्मका विश्वकपमा कुल १६५ शतक बनेका छन् । पहिलो विश्वकप सन् १९७५ मा कुल ६ शतक बनेका थिए भने दोस्रो विश्वकप सन् १९७९ मा केवल २ शतक बनेका थिए । त्यस्तै तेस्रो विश्वकप सन् १९८३ मा कुल ८ शतक बनेका थिए । त्यस्तै सन् १९८७ मा ११ शतक, सन् १९९२ मा ८ शतक र १९९६ मा १६ शतक बनेका थिए ।
त्यस्तै सन् १९९९ मा ११ शतक बने भने सन २००३ मा २१ शतक बनेका थिए । त्यस्तै सन् २००७ मा २० शतक बने भने सन् २०११ मा २४ शतक बनेका थिए । त्यस्तै सन् २०१५ मा अहिलेसम्म कै धेरै ३८ शतक बनेका थिए ।

त्यस्तै विश्वकपमा एक पारीमा धेरै रन बनाउने खेलाडी न्यूजिल्यान्डका मार्टिन गप्टिल हुन् । गप्टिलले सन् २०१५ विश्वकपमा वेस्टइन्डिजविरुद्ध २३७ रन बनाएका थिए । त्यस्तै विश्वकपमा एक पारीमा धेरै रन बनाउने दोस्रो खेलाडी वेस्टइन्डिजका क्रिस गेल हुन् । गेलले सन् २०१५ विश्वकपमा जिम्बाबेविरुद्ध २१५ रन बनाएका थिए । त्यस्तै यस सुचिमा तेस्रो स्थानमा दक्षिण अफ्रिकाका गेरी क्रिष्टन रहेका छन् । गेरीले सन् १९९६ विश्वकपमा युएईविरुद्ध १८८ रन बनाएका थिए । त्यस्तै यस सुचिमा चौथो स्थानमा भारतका सौरभ गांगुली रहेका छन् । गांगुलीले सन् १९९९ विश्वकपमा श्रीलंकाविरुद्ध १८३ रन बनाएका थिए ।

विश्वकपमा मास्टर बलाष्टर सचिनका चार रेकर्ड :  

विश्वकपमा अहिलेसम्म केहि यस्ता रेकर्ड बनेका छन् जुन छिट्टै टुट्ने संकेत देखिएको छैन । यस रिपोर्टमा भारतीय महान क्रिकेटर सचिन तेन्दुलकरले विश्वकपमा बनाएका चार रेकर्डको बारेमा चर्चा गर्दै छौ ।

i)    विश्वकपमा धेरै रन :

विश्वकपमा ६ पटक खेलेका सचिनको नाममा अहिलेसम्म धेरै रन बनाउने रेकर्ड कायम रहेको छ । सचिनले विश्वकपमा २२७८ रन बनाएका छन् । ५६.९५ को औसतले सचिनले ४५ खेलमा सो रन बनाएका हुन् । सचिनले विश्वकपमा सन् २००३ मा नामिबियाविरुद्ध १५२ सर्वाधिक रन बनाएका थिए । यस रेकर्डको नजिक अहिले कुनै खेलाडी देखिएको छैन ।

II) विश्वकपमा धेरै शतक:

सचिनको नाममा विश्वकपमा सबै भन्दा धेरै शतक बनाउने रेकर्ड समेत रहेको छ । सचिनले विश्वकपमा ६ शतक बनाएका छन् । सचिनले १९९२, १९९६, १९९९, २००३, २००७ र २०११ मा विश्वकप खेलेका थिए ।विश्वकपमा सचिनले पहिलो शतक सन् १९९६ मा केन्याको विरुद्ध बनाएका थिए । केन्याविरुद्ध १२७ रन अविजित बनाएका थिए । त्यस्तै दोस्रो शतक १९९६ को विश्वकपमै श्रीलंका विरुद्ध १३७ रन बनाएका थिए । त्यस्तै सचिनको विश्वकपमा तेस्रो शतक केन्या विरुद्ध १९९९ विश्वकपमा बनाएका थिए । त्यस्तै विश्वकपमा सचिनले दोस्रो शतक २००३ विश्वकपमा १५२ रन बनाएका थिए ।

त्यस्तै विश्वकपमा सचिनको पाँचौ शतक २०११ को विश्वकपमा इङल्याण्डविरुद्ध १२० रन बनाएका थिए । त्यस्तै विश्वकपमा सचिनले छैठौ शतक २०११ मा दक्षिण अफ्रीकाविरुद्ध बनाएका थिए ।

III) धेरै अर्धशतक:

विश्वकप क्रिकेटमा धेरै अर्धशतक बनाउने खेलाडी पनि भारतका सचिन तेन्दुलकर नै हुन् । सचिनले विश्वकपमा सबै भन्दा धेरै २१ अर्धशतक बनाएका छन् । सचिनले सन् २००३ को विश्वकपमा मात्र ६ अर्धशतक बनाएका थिए ।

iv) एक विश्वकपमा धेरै रन :

एक विश्वकपमा धेरै रन बनाउने रेकर्ड पनि सचिन तेन्दुलकरको नाममा रहेको छ । सचिनले सन् २००३ को विश्वकपमा खेलेका ११ खेलमा ६७३ रन बनाएका थिए । सचिनले यस विश्वकपमा एक शतक र ६ अर्धशतकसहित ६१.१८ को औसतले ६७३ रन बनाएका थिए ।

विश्वकपका १० रोचक तथ्य :

१.    विश्वकपमा वेस्टइन्डिजका क्लाइड लायड र अस्ट्रेलियाका कप्तान रिक्की पोन्टिङले २-२ पटक विश्वकप जितेका छन् । लायडले सन् १९७५ र १९७९ मा वेस्टइन्डिजका लागि कप्तानी गर्दै विश्वकप जिताएका थिए । त्यस्तै रिक्की पोन्टिङले कप्तानक रुपमा सन् २००३ र २००७ मा विश्वकप जितेका थिए ।

२.    भारतीय बलर चेतन शर्माको नाममा विश्वकपमा पहिलो ह्याट्रिक लिने बलरको रेकर्ड रहेको छ । शर्माले सन् १९८७ मा विश्वकपमा ह्याट्रिक लिएका छन् ।

३.    नेदरल्याण्डका नोलान क्लार्कले सन् १९९६ मा ४७ बर्ष २५७ दिनको दिन विश्वकप खेल्दै बढी उमेरमा विश्वकप खेल्ने रेकर्ड बनाएका छन् ।

४.    विश्वकपको इतिहासमा सबै भन्दा बढी ५ पटक विश्वकपको जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो ।

५.    भारत एक मात्र विश्वकप जित्ने यस्तो देश हो जसले १९८३ मा ६० ओभरको विश्वकप जितेको थियो भने सन् २०११ मा ५० ओभरको विश्वकप जितेको थियो ।

६.    विश्वकपमा सबै भन्दा बढी रन बनाउने रेकर्ड भारतीय महान ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा रहेको छ । सचिनले विश्वकपमा ४५ खेल खेल्दै २२७८ रन बनाएका छन् ।

७.    विश्वकपमा एक पारीमा सर्वाधिक रन बनाउने रेकर्ड न्यूजील्याण्डका मार्टिन गप्टिलको नाममा रहेको छ । गप्टिलले सन् २०१५ विश्वकपमा वेस्टइन्डिजविरुद्ध २३७ रन बनाएका थिए ।

८.    विश्वकपमा सबैभन्दा ठुलो साझेदारी गर्ने रेकर्ड वेस्टइन्डिजका क्रिस गेल र मार्लोन स्याम्युलको नाममा रहेको छ । गेल र स्याम्युलबीच २०१५ विश्वकपमा जिम्बाबेविरुद्ध दोस्रो विकेटका लागि ३७२ रन बनाएका थिए ।

९.    विश्वकपमा अहिलेसम्म सर्वाधिक विकेट लिने रेकर्ड अस्ट्रेलियाका ग्लेन म्याग्राको नाममा रहेको छ । म्याग्राले ३९ खेल खेल्दै विश्वकपमा ७१ विकेट लिदै यो रेकर्ड आफ्नो नाममा कायम राखेका छन् ।

१०.    विश्वकपमा विकेटकिपरको रुपमा अहिलेसम्म धेरै विकेट लिने या आउट गर्ने खेलाडी श्रीलंकाका कुमारा संगाकारा हुन् । संगाकाराले विश्वकपमा ३७ खेल खेल्दै ५४ आउट गरेका छन् । त्यस्तै विश्वकपमा धेरै क्याच लिने रेकर्ड भने अस्ट्रेलियाका रिक्की पोन्टिङको नाममा रहेको छ ।पोन्टिङले ४६ खेल खेल्दै विश्वकपमा कुल २८ क्याच लिएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै