• २०८१ बैशाख ८ शनिबार

युरोपा लिगको उपाधिसहित हजार्डले गरे चेल्सीलाई ‘गुडबाई’

kharibot

काठमाडौँ । बेल्जियमका प्लेमेकर इडेन हजार्डले चेल्सीले युरोपा लिगको उपाधि जितेपछि क्लबमा आफ्नो यो नै अन्तिम खेल भएको बताएका छन् ।

गएराती आर्सनललाई ४-१ गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि जित्ने क्रमआमा हजार्डले २ गोल गरेका थिए । जितपछि कुराकानी गर्दै हजार्डले यो नै आफ्नो ‘गुडबाई’ भएको बताए ।

उनले भने,‘मेरो प्रिमियर लिग खेल्ने सपना थियो, सम्भवत विश्वको उत्कृष्ट क्लबमा म सात बर्ष खेले तर अब नयाँ चुनौतीको समय आएको छ ।’

हजार्डले आफुले यसअघि नै निर्णय गरिसकेको र केहि दिनमै थाहा हुने भन्दै रियल म्याड्रिड जाने औपचारिक घोषणा केहि दिनमै हुने संकेत गरे ।

मिडिया रिपोर्टका अनुसार आगामी सोमबार रियल म्याड्रिडले हजार्डलाई भित्राउने औपचारिक घोषणा गर्ने भएको छ ।

यसअघि स्पेनिस क्लब रियल म्याड्रिड र चेल्सीबीच सहमति भएको बताइएको छ ।

द सनका अनुसार हजार्डलाई भित्र्याउन रियल म्याड्रिडले १४५ मिलियन डलर खर्च गर्ने सहमति भएको छ । अर्को बर्ष हजार्डको चेल्सीसँग सम्झौता सकिने हुनाले फ्री-ट्रान्सफरबाट बच्न चेल्सीका मालिक रोमान अब्रमोविचले पहल गरेको बताइएको छ ।

रियलमा हजार्डले प्रति साता ५ लाख ६ हजार डलर पारिश्रमिक पाउने समेत सहमति भएको बताइएको छ ।

२८ बर्षिय प्लेमेकर हजार्डले यस अघि धेरै पटक रियल म्याड्रिडबाट खेल्ने आफ्नो सपना रहेको बताउदै आएका छन् । 

सन् २०१२-२०१३ मा फ्रेन्च क्लब लिलेबाट चेल्सी आएका हजार्डले अहिलेसम्म चेल्सीका लागि ३५२ खेल खेल्दै ११० गोल गरेका छन् ।

यस सिजनमा हजार्डले प्रिमियर लिगमा ३७ खेल खेल्दै १६ गोल गरेका छन् भने यस सिजनमा चेल्सीका लागि सबै प्रतियोगितामा ५२ खेलमा २१ गोल गरेका छन् ।

चेल्सीमा रहदा हजार्डले २०१४-१५ र २०१६-१७ सिजनको प्रिमियर लिगको उपाधि जितेका छन् भने २०१२-१३ र २०१८०१९ मा युरोपा लिग, २०१७-१८ मा एफए कप तथा २०१४-१५ मा इएफएल कप जितेका छन् ।

त्यस्तै हजार्ड २०१४-१५ मा प्रिमियर लिगका बर्ष खेलाडी बनेका थिए भने २०१३-१३ मा युवा बर्ष खेलाडीको उपाधि जितेका थिए । साथै उनी २०१३-१४, २०१४-१५ र २०१६-१७ मा चेल्सीका बर्ष खेलाडी बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै