• २०८१ बैशाख ७ शुक्रबार

पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार सुरु

kharibot

काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार सुरु गरिएको छ ।

अबलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध  छन् । 
बागमती फ्लोराले बजारमा ल्याएको पट फ्लावरमा माटोको सट्टा नरिवलको जट्टा प्रयोग गरिएको छ । 

गिफ्टको रुपमा हेरिने माटोरहित पट फ्लावर इन्डोर र सदाबहार प्लान्टको रुपमा प्रयोगमा आउने गरेको छ । अफिस, बैंक, लिभिङ रुम, बाथरुम लगायत घरको जुनसुकै सानो स्थानमा पनि राख्न मिल्ने यो पट फ्लावर नेदरल्याण्डबाट आयातित प्रबिधी भएको ग्लोबल फ्लोरा प्रालिका प्रबन्ध निर्देशक संजिब कार्कीले बताए । 

हल्याण्डको पम भन्ने संस्थासँगको प्रबिधिक सहयोग सहित आयातित गरिएका बिरुवाहरु बजारमा ल्याएको कार्कीले बताए । उपहार दिने परिपाटीलाई आत्मसाथ गर्दै बजारमा ल्याइएको यो पट फ्लावर साइज र बिरुवा हेरी ५ सय देखि ५ हजार रुपैयाँ सम्म पर्ने बागमती फ्लोराले जनाएको छ । उपत्यकाका मुख्य फ्लावर सप र गिफ्ट पसलहरुमा उपलब्ध रहेको पट फ्लावर जावलाखेलमा जारी पुष्प मेलामा समेत राखिएको छ । जारी मेलामा मुख्य आकर्षण बनेको पट फ्लावरको स्टलमा सर्बसाधारण अबलोकनकर्ताको बाक्लो उपस्थिती रहेको छ ।  

हलुका र माटो रहित भएका कारण यसमा रोग लाग्ने संभाबना कम भएको दाबी बागमती फ्लोराको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै