• २०८१ बैशाख १३ बिहीबार

रंगशाला निर्माणकार्य स्थगित, बार भत्काउने १६ जना पक्राउ 

kharibot

चितवन । चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कार्य केहि समयको लागि स्थगित भएको छ ।

बुधबार पश्चिमतर्फको तारबार अराजकीय तरिकाबाट स्थानिय समूहले डोजर लगाएर भत्काइदिएपछि केहि समयको लागि स्थगित गरेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएका छन् ।

विज्ञप्तीमा कार्य वातावरण, कर्मचारी, कामदारको जिउ ज्यान र भौतिक सम्पतीको सुरक्षाको विषयमा खतरा बढेको र स्थानिय समाधान र कार्यवाताबरण तयार नहुन सम्म रंगशालाको निर्माण कार्य स्थगित गरिएको जनाइएको छ ।

बुधबार विहान बाटोको माग गर्दै झन्डै २ सय जना स्थानियको समुहले डोजर लगाएर बार भत्काएका थिए । जुन बार मंगलबारमात्रै लगाइएको थियो । बार भत्काएकोमा कट्टेल निकै भावुक रुपमा प्रस्तुत भए ।

‘केहि राजनीतिक शक्तिको आडमा नियोजित रुपमा जुन बार भत्काइएको छ । यो सबै भन्दा दुःखद घटना हो । सायद जीवनमा यो भन्दा कारुणिक घटना मैले देखेको थिएन । स्थानियकै सहमतिमा तारबार लगाएका थियौं । बाटो दिने सहमति पनि भएको हो,’ कट्टेलले भने,

‘हामीलाई सहयोग गर्ने विदेशमा रहेका नेपाली पसिना माथिमा डोजर लगाईयो । पटक पटक स्थानियलाई राखेर कुरा गर्दै डिपिआर आएपछि बाटो दिने सहमति भएको थियो ।

बार भत्काउने नेकपाका स्थानीय नेता कँडेलसहित १६ जना पक्राउ

चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् ।

प्रहरीले उनलाई गएराती नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको स्थानीयले भत्काएका हुन् । 

बुधबार बिहान डोजरसहित आएका ती व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।

नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए ।

धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए । र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै