• २०८१ बैशाख ८ शनिबार

निर्माणाधीन रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेकपाको कारवाही 

kharibot

चितवन । भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने आफ्ना कार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टीले कारबाही गरेको छ ।

नेकपाका चितवन अध्यक्ष यमबहादुर परियारले विज्ञप्ति प्रकाशित गर्दै रंगशालामा डोजर लगाउन नेतृत्व गर्ने प्रकाश कँडेललाई कारबाही गरेको जनाएका छन् ।

नेकपाका स्थानीय नेता कँडेललाई पार्टी सदस्य समेत नरहने गरी निलम्वन गरिएको परियारले जनाएका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनलाई निर्माण विचलित नभइ लाग्न आग्रह गर्दै नेकपाले पीडकबाट क्षतिपुर्ती भराउन कारबाही गर्न समेत माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरिसकेको छ । मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन् । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समस्याहरूको स्थायी समाधान र कामको वातावरण तयार नभएसम्म काम स्थगित गरिएको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै