काठमाडौ । नेप्से सकारात्मक हुदै गएको छ । केही दिनअघिसम्म लगातार घटिरहेको नेप्सेमा क्रमश सुधार आउन थालेको छ ।
साताको अन्तिम कारोवार दिन आज विहिबार नेप्से चार दसमलव तीन अंकले बढेर १५ सय १० दसमलव दुई बिन्दुमा पुगेको छ । यसैगरी सेन्सिटिभ एक दसमलव १३ अंकले बढेर तीन सय १७ दसमलव ६३ बिन्दुमा पुगेको छ ।
कुल एक सय ५४ कम्पनीहरुको चार हजार चार सय २६ वटा कारोवारमा आठ लाख ९९ हजार तीन सय ३६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४० करोड ४८ लाख छ सय एक रुपैयाँ पुगेको छ ।
कुल आठ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहले कमाएकाछन भने छ वटा समुहले गुमाएकाछन । बाँणिज्य बैक समुहको सुचक दुई दसमलव एक अंकले बढेर १२ सय ९५ दसमलव ७८ बिन्दुमा कायम रहेकोमा १४ करोड ११ लाख ३५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएकोे छ ।
यसैगरी ट्रेडिङ र अन्य समुहको सुचकमा पनि क्रमश शुन्य दसमलव २५ र ३० दसमलव सात अंकले सुधार आएको छ । बिकास बैक समुहको सुचक भने आज पाँच दसमलव ४२ अंकले घटेर १८ सय ३९ दसमलव २५ बिन्दुमा झरेकोमा पाँच करोड चार लाख ७४ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
यसैगरी जलबिद्युुत समुहको सुचक पनि सात दसमलव तीन अंकले घटेर १७ सय ९३ दसमलव ३२ बिन्दुमा झरेकोमा आठ करोड १७ लाख ९५ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बीमा समुहको सुचक भने आज २१ दसमलव आठ अंकले घटेर आठ हजार दुई सय ४७ दसमलव २५ बिन्दुुमा झरेकोमा पाँच करोड ५२ लाख ७३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक होटल र फाईनान्स समुहको सुचक पनि आज घटेकाछन ।
आज बढी कमाउने कम्पनीको सुचीमा परेको रिलायन्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ५३ पैसाले बढेर दुई सय १० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको सिर्जना फाईनान्स बित्तीय संस्थाको सेयर मुल्य चार रुपैयाँ ८५ पैसाले घटेर पाँच सय ४९ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।
रकम कारोवारका आधारमा अग्रस्थानमा परेको चिलिमे हाईड्रो पावर कम्पनीको आठ सय ३८ रुपैयाँ अन्तिम मुल्यमा सात करोड २० लाख ६४ हजार दुई सय २२ रुपैयाँको कारोवार भएको छ । यसैगरी नेपाल दुरसञ्चार कम्पनीको पनि प्रतिकित्ता सात सय ८० रुपैयाँअ अन्तिम मुल्यमा तीन करोड ५० लाख ९८ हजार एक सय ७० रुपैयाँको कारोवार भएको छ ।