• २०८१ बैशाख १३ बिहीबार

विश्वकप क्रिकेट जित्न नसकेका अभागी चार कप्तान !  

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटको १२औ संस्करण अहिले शुरु भएको छ । विश्वभरका क्रिकेट प्रेमिका लागि अबको डेढ महिना आआफ्नो फेभरेट टिम, खेलाडीको चर्चा गर्दै बित्ने छ । क्रिकेट खेलमा जति खेलाडीको भूमिका हुन्छ त्यो भन्दा बढी भूमिका कप्तानको हुने गर्दछ । दबाबका बीच मैदानमा कप्तानले लिने निर्णयले खेलको निर्णयमा नै असर पर्ने गरेको धेरै पटक देखिएको छ ।

यसैबीच हामीले विश्व क्रिकेटमा उत्कृष्ट कप्तान रहेर पनि विश्वकपमा अभागी बनेका केहि कप्तानको बारेमा चर्चा गर्दै छौ ।

यस सुचिमा दक्षिण अफ्रिकाका पूर्वकप्तान ग्रिम स्मिथको नाम आउछ । स्मिथले दक्षिण अफ्रिकाका लागि १५० खेलमा कप्तानी गरे तर उनले आफ्नो कप्तानीमा विश्वकप बहने जिताउन सकेनन् । १५ओ खेलमा कप्तानी गरेका स्मिथले दक्षिण अफ्रिकालाई ९२ खेलमा जित दिलाएका थिए भने ५१ खेलमा हार बेहोरेका थिए । उनले सन् २००७ र २००११ विश्वकपमा दक्षिण अफ्रिकाको कप्तानी गरेका थिए । २००७ मा दक्षिण अफ्रीका अस्ट्रेलियासँग पराजित हुदै सेमिफाइनलबाट बाहिरिएको थियो बहने सन् २०११ मा क्वाटरफाइनलमा न्यूजील्याण्डसँग पराजित हुदै बाहिरिएको थियो ।

यस सुचिमा भारतका सफल कप्तान मध्येका एक सौरभ गांगुलीको नाम आउछ । भारतीय क्रिकेटलाई नयाँ उचाईमापुर्याउने श्रेय पाएका गांगुलीले १४७ खेलमा भारतीय क्रिकेट टिमको कप्तानी गरेका भएपनि विश्वकप भने जिताउन सकेनन् । सन् २००३ को विश्वकपमा भारतको नेतृत्व गरेका गांगुलीले भारतलाई फाइनलसम्म पुर्याएका थिए भने फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । गांगुलीले भारतको १४७ खेलमा कप्तानी गर्दा ७६ खेलमा जित हासिल अग्रेका थिए भने ६६ खेलमा हार बेहोरेका थिए ।

विश्व क्रिकेटमा सफल कप्तानको नाम लिदा दक्षिण अफ्रिकाका हेन्सी क्रोनिएको नाम पनि आउने गर्दछ । दक्षिण अफ्रिकाको लागि १३८ खेलमा कप्तानी गरेका क्रोनिए निकै सफल कप्तान मध्ये एक मानिन्छन । उनको कप्तानीमा दक्षिण अफ्रिकाले १९९६ र १९९९ को विश्वकप खेलेको थियो । १९९६ को विश्वकपमा दक्षिण अफ्रिका क्वाटरफाइनलमा वेस्टइन्डिजसँग पराजित हुदै बाहिरिएको थियो । त्यस्तै १९९९ को विश्वकपमा सेमिफाइनलको रोचक भिडन्तमा अस्ट्रेलियासँग ड्र भएको खेलमा रनरेटको आधारमा अस्ट्रेलिया फाइनलमा पुग्यो बहने दक्षिण अफ्रिका अभागी हुदै बाहिरिएको थियो ।

विश्व क्रिकेटमा अर्का सफल कप्तानको नाम हो न्यूजील्याण्डका स्टिफेन फ्लेमीङ । फ्लेमीङले सन् १९७ देखि २००७ सम्म न्यूजील्याण्डको कप्तानी गरे । सो अवधिमा फ्लेमीङले दुई विश्वकप सन् १९९९, २००३ र २००७ को विश्वकपमा न्यूजील्याण्डको कप्तानी गरेका थिए । १९९९ मा न्यूजील्याण्ड सेमिफाइनलमा पाकिस्तानसँग पराजित भयो भने  २००३ को विश्वकपमा सुपरसिक्स सम्म पुगेर बाहिरियो । त्यस्तै सन् २००७ को विश्वकपमा फ्लेमीङको कप्तानीमा न्यूजील्याण्ड सेमिफाइनलसम्म पुग्यो र सेमिफाइनलमा श्रीलंकासँग पराजित हुदै बाहिरियो । फ्लेमीङले न्यूजील्याण्डका लागि २१८ खेलमा कप्तानी गरे भने ९८ खेलमा जित हासिल गर्दा १०६ खेलमा हार बेहोरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै