• २०८१ बैशाख ४ मंगलबार

हङकङविरुद्धको दुवै खेलमा क्रिकेटर शरद भेषावकर नखेल्ने

kharibot

फाइल तस्बिर

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शुक्रबार र आइतबार हुने हङकङविरुद्धको दुवै खेलमा क्रिकेटर शरद भेषावकर खेल्न नसक्ने भएका छन् ।

विरामी परेका कारण भेषावकरले खेल्न नसक्ने भएपछि नरेश बुढाऐरलाई टिममा बोलाइएको छ । बुढाऐर शुक्रबार बिहानसम्म हङकङ पुग्ने बताइएको छ । 

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो छैटौं चरणको खेलमा नेपालले शुक्रबार र आइतबार हङकङसँगै उसकै घरेलु मैदानमा खेल्दै छ । 

१० खेलबाट ८ अंक बटुलेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । नेपालसँग खेल्न लागेको हङकङको भने ११ अंक छ । 

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । 
शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको १२ खेलबाट १८ तथा दोश्रो स्थानको पपुवान्युगिनीको १२ खेलबाटै १६ अंक छ ।

यस्तै स्कटल्याण्डको १२ खेलबाट १५ तथा  केन्याको १२ अंक छ । नेपालभन्दा तल रहेका युएई र नामिबियाको समान ६ अंक छ । सातौं चरणमा नेपालले युएईसँग खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै