प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता  

खरीबोट

तस्बीर : भारतीय विदेश मन्त्रालय ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

विहिबार सम्पन्न मोदीको शपथ ग्रहण कार्यक्रममा सरिक भएका ओलीले शुक्रबार मोदीसँग भेटवार्ता गरेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धलाई अझ बलियो बनाउने विषमा छलफल भएको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

  

भारतीय जनता पार्टीका नेता मोदीले दोस्रो कार्यकालका लागि विहिबार साँझ भारतीय राष्ट्रपति भवन नयाँ दिल्लीमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि विहिबार नै भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य सहभागी रहेका छन् ।

भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुन् ।

प्रधानमन्त्री ओली आजै स्वदेश फर्किदै छन् ।

यसअघि भारतको लोकसभाको निर्वाचनमा मोदीको विजयपछि सन् २०१४ मा पहिलो कार्यकालका लागि भएको शपथ ग्रहण समारोहमा सरकार प्रमुखका हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेपालबाट सरिक भएका थिए । 
 

सम्बन्धित समाचार

गुठी विधेयकले कसैलाई मार परेको भए त्यसलाई हेरिन्छ – प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार काम गर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी दिएका छन् ।  सात दिने युरोप भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा बोल्दै प्रधानमन्त्री ओलीले गुठी विधेयकले

साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीको स्वागत गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा नेकपाका वरिष्ठ नेताहरु त्रिभुवन

युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आज स्वदेश फर्कन

प्रधानमन्त्री ओलीद्वारा फ्रान्सका उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

पेरिस । यूरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज लण्डनबाट फ्रान्स आइपुगेका छन् । फ्रान्समा आयोजित एक कार्यक्रममा त्यहाँका उद्योगी व्यवसायीलाई सम्बोधन गरेका छन् । राजनीतिक स्थायित्व, उपयोगमा ल्याउन बाँकी प्राकृतिक


z