• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता  

kharibot

तस्बीर : भारतीय विदेश मन्त्रालय ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

विहिबार सम्पन्न मोदीको शपथ ग्रहण कार्यक्रममा सरिक भएका ओलीले शुक्रबार मोदीसँग भेटवार्ता गरेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धलाई अझ बलियो बनाउने विषमा छलफल भएको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

  

भारतीय जनता पार्टीका नेता मोदीले दोस्रो कार्यकालका लागि विहिबार साँझ भारतीय राष्ट्रपति भवन नयाँ दिल्लीमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि विहिबार नै भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य सहभागी रहेका छन् ।

भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुन् ।

प्रधानमन्त्री ओली आजै स्वदेश फर्किदै छन् ।

यसअघि भारतको लोकसभाको निर्वाचनमा मोदीको विजयपछि सन् २०१४ मा पहिलो कार्यकालका लागि भएको शपथ ग्रहण समारोहमा सरकार प्रमुखका हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेपालबाट सरिक भएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै