• २०८१ बैशाख ११ मंगलबार

जयशंकर बने भारतको विदेशमन्त्री 

kharibot

काठमाडौं । विहिबार भारतीय प्रधानमन्त्रीको शपथ लिएका नरेन्द्र मोदीले आफ्नो मन्त्रीमण्डलको जिम्मेवारी बाडफाड गरेका छन् ।

एनडीए गठबन्धनको दोस्रो कार्यकालमा भारतका पूर्वविदेश सचिव एस जयशंकर विदेशमन्त्रीमा नियुक्त भएका छन् ।

नरेन्द्र मोदीको दोस्रो कार्यकालमा सुष्मा स्वराजलाई पाखा लगाउदै जयशंकर पूर्वविदेश सचिव एवं डिप्लोम्याट जयशंकर भारतको विदेशमन्त्री बन्न सफल भएका छन् । विहिबार जयशंकरले क्याबिनेट मन्त्रीको रुपमा शपथ लिदा नै उनी विदेशमन्त्री बन्ने अनुमान गरिएको थियो ।   

नेपालले संविधान जारी गर्ने बेलामा भारतका तत्कालीन विदेशसचिव एस जयशंकर भारत सरकारको विशेष प्रतिनिधिको रुपमा नेपाल आएर संविधान घोषणालाई रोक्नका लागि नेताहरूलाई दबाब दिएका थिए ।

तर नेपाली नेताहरूले जयशंकरको चेतावनीलाई बेवास्ता गर्दै संविधान जारी गरेपछि भारतले नेपालमाथि चार महिनासम्म आर्थिक नाकाबन्दी लगाएको थियो । 

नेपालमा नाकाबन्दी लगाउने प्रमुख योजनाकारको रुपमा जयशंकरलाई लिने गरिन्छ ।

मोदीको दोस्रो कार्यकालमा बिजेपीका अध्यक्ष अमित शाह भारतको नयाँ गृहमन्त्री बनेका छन् । त्यस्तै नयाँ अर्थमन्त्रीको रुपमा पहिलो कार्यकालमा रक्षामन्त्री रहेकी निर्मला सितारमण बनेकी छन् । त्यस्तै राजनाथ सिंह रक्षामन्त्री बनेका छन् भने नितिन गडकरी परिवहन मन्त्री बनेका छन् ।

त्यस्तै राहुल गान्धीलाई पराजित गरेकी स्मृति इरानीले महिला एवं वालविकास मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने पियुष गोयलले रेलमन्त्रीको जिम्मेवारी पाएका छन् । त्यस्तै रवी शंकर प्रसाद कानुनमन्त्री बनेका छन् भने रामविलास पासवान उपभोक्तामंत्री बनेका छन् ।                
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै