नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा पटवाल नियुक्त

खरीबोट

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदको पहलमा आईसीसीले पटवाललाई नेपालको प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरिसकेका पटवालले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

पटवाल पछिल्लोपटक नेपालले यूएईविरुद्ध ओडीआई र टि-२० सिरिज जित्दा ब्याटिंग कन्सल्टेन्टका रुपमा कार्यरत थिए ।

भारतको मुम्बईका पटवाल यस अघि सन् २०१४ मा टी-२० विश्वकपको समयमा अफगानिस्तानको ब्याटिङ कोच थिए । 

पटवालले यसै महिना मात्र मुम्बई टि-२० लिगमा नर्थर्न मुम्बई प्यान्थर्सको प्रशिक्षण जिम्मेवारी सम्हालेका थिए । 

पटवालको अनुबन्धन बारे आजै पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरिएको छ । यसअघि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा जगत टमाटा रहेका थिए । 
 

सम्बन्धित समाचार

नेपाली क्रिकेट फ्यानहरुसँग माफी चाहान्छु – कप्तान पारस

काठमाडौँ । आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोटअन्तर्गत अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले माफी मागेका छन् । खेलपछि कुरा गर्दै कप्तान पारसले छनौट प्रतियोगितामा आफुहरु

टी-२० विश्वकपको एशिया छनौटको तयारीमा व्यस्त नेपाली टिम (फोटो फिचर)

काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेलको लागि नेपाली राष्ट्रिय टिम अहिले मलेसियामा रहेको छ । नेपाली टिम जुलाई २० मा सिंगापुरतर्फ जाने तालिका

क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा चार नेपाली क्रिकेटर  

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको पहिलो ड्राफ्टमा चार नेपाली खेलाडी समावेश भएका छन् । यहि मे २२ मा लन्डनमा हुने खेलाडीको अक्सनका लागि नेपालका चार खेलाडी सन्दीप लामिछाने, दिपेन्द्र

नेपालले विश्वकप क्रिकेट लिग-२ को पहिलो सिरिज किर्तिपुरमा खेल्ने  

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलहरु आयोजनाका निम्ति कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । भारतमा हुने


z