काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत प्रदेश १ ले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
प्रदेश १ ले दिएको २२९ रन्को लक्ष्य पछाएको कर्णाली प्रदेश २०.१ ओभरमा ४७ रन बनाउँदा अल आउट भएको थियो ।
कर्णालीका लागि निश्चल रावलले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
प्रदेश एकका कप्तान पुष्प थापाले सर्वाधिक ६ विकेट लिएका थिए । थापाले ९.१ ओभर बलिङ गर्दै एक मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै मुकुन्द यादवले ३ विकेट लिए भने कमल खत्रीले एक विकेट लिएका थिए ।
यसअघि प्रदेश एक ले टस हारेर पहिला बय्टिंग गर्दिया ५० ओभरमा ८ विकेट गुमाएर २२८ रन बनाएको थियो ।
प्रदेश एकका लागि सिद्धान्त लोहोनीले सर्वाधिक ६३ रन बनाएका थिए भने फिर्दोश अन्सारीले ४५ रन बनाएका थिए । त्यस्तै सन्नी पुनले ३४, पुष्प थापाले २९ रन बनाएका थिए ।
कर्णाली प्रदेशका प्रकाश जैसी, ललित प्याकुरेल र दिवं पुनले २-२ विकेट लिएका थिए ।
प्रतियोगितामा कर्णाली प्रदेशले आफ्ना चार वटै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ भने प्रदेश एकले आफ्नो तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ ।