• २०८१ बैशाख ७ शुक्रबार

अमेरिकाको भर्जिनिया बीच सिटीमा गोली चल्यो, १२ जनाको मृत्यु

kharibot

काठमाडौँ ‍। अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा १२ जनाको मृत्यु भएको छ । घटनामा एक प्रहरीसहित अन्य छ जना घाइते छन् ।

गोली चलाउने ४० बर्षिय डिवाने क्रडडक भर्जिनिया बीच सिटीकै इन्जिनियर रहेको प्रहरीले जानकारी दिएको छ । ती कर्मचारीले सरकारी भवनमा अन्धाधुन्धु गोली चलाएको र प्रहरीसँगको जवाफी कारवाहीमा उनको समेत मृत्यु भएको बताइएको छ ।

यस बिल्डिङमा भर्जिनिया बिच नगरपालिकाका विभिन्न बिभाग रहेको बताइएको छ । प्रहरीले अहिले के कारणले उनले गोली चलाए भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै