• २०८१ बैशाख ७ शुक्रबार

पार्टी एकीकरण इमानदारीका साथ कार्यान्वयन गरिन्छ : अध्यक्ष प्रचण्ड

kharibot

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन आग्रह गरे । उनले पार्टी एकता सैद्धान्तिक र व्यवहारिक भएको बताउँदै यसबाट पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच भएको समझदारी कुनै नयाँ कुरा नभएकाले यस विषयलाई अतिरञ्जित नबनाउन सञ्चारकर्मीसँग आग्रह गरे । दुई पार्टीबीच भएको निर्णय पार्टीले इमान्दारीका साथ कार्यान्वयन गर्ने उनले बताए । उनले भारतमा विदेशमन्त्री परिवर्तनले नेपाल भारत सम्बन्धमा कुनै तात्विक असर नपर्ने उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले यही जेठ २० गते बस्ने सचिवालय बैठकले पार्टी एकीकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गर्ने जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै