• २०८१ बैशाख ८ शनिबार

महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखाको किर्नेटारमा बन्ने गरेको प्रहरीको खुलासा 

kharibot

काठमाडौँ । संसारको सवैभन्दा महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखा जिल्लाको किर्नेटारमा बन्ने गरेको पत्ता लागेको छ । 

विटक्वाइन कारोवारी प्रशान्त प्रताव शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिम बहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिइ बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने गरेको पत्ता लागेको हो ।

हालै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले पक्राउ गरेर काठमाडौं भाटभटेनीका प्रशान्त प्रताप शाहले हंङ्कङवाट विटक्वाइनको उत्पादन (माइनिङ) गर्ने मेसिन नेपाल मगाएर यसको उत्पादन गरेका हुन् । प्रशान्त प्रताप शाह अमेरिकामा इलेक्ट्रिकल इन्जिनियरिङ गरेका व्यक्ति हुन् ।

आज सिआइवीले दोलखाको खिम्तिमा गइ छापा मारेर विटक्वाइन माइनिङ गर्न प्रयोग हुने सामाग्री समेत बरामद गरेको छ । 

प्रहरीले बिटक्वाइनको माइनिङ गर्न प्रयोग हुने विटमेन माइनर २६ थान, विटम्यान पावर सप्लाई १५ थान, इन्टरनेट राउटर १ थान, भिडियो रेकर्डर १ थान, ल्यापटप एक थान, टेलिफोन सेट एक थान, पावर सप्लाई बोर्ड एक थान, पावर सप्लाई तार १२ थान, नेटवर्क तार २५ थान, लगायतका सामान बरामद गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै