• २०८१ बैशाख ७ शुक्रबार

प्राचीन समयमा यौनका लागि अपनाइन्थे यस्ता अचम्म लाग्दा तरिका 

kharibot

काठमाडौं । यौन जीवनको एक अभिन्न अंग भए पनि यसको विषयमा खुलेर कुरा गर्न अझै पनि हाम्रो समाजमा वर्जित छ । तर, प्राचीन समयमा मानिसहरु यौनलाई रोमाञ्चक बनाउन विभिन्न किसिमका तरिका अपनाउँथे जुन सुन्दै अचम्म लाग्दा छन् । 

यौनांगमा मह र खुर्सानी 

प्राचीन समयमा विशेषगरी ग्रीसका मानिसहरु यौन उत्तेजना बढाउन र चरम सुख प्राप्त गर्न मह र खुर्सानीको प्रयोग गर्दथे । पुरुषहरु आफ्नो लिंगमा मह र खुर्सानी दल्ने गर्थे । यसले लामो समयसम सखलन हुन नदिने मान्यता थियो । युनिर्भसिटी अफ वेल्सका साइकोलोजिस्ट डा. डेभिड बेनटनका अनुसार कामसूत्रमा मह र यौनको विशेष सम्बन्ध रहेको मान्यता छ । ग्रीसका प्रसिद्ध चिकित्सक हिप्पोक्रेट्स पनि यौनको समयमा जोश बढाउन र रोमाञ्च कायम राख्न महको सेवन गर्ने सल्लाह दिन्थे । 

विना स्खलन यौन सम्बन्ध 

चीनको सिद्धान्त ताओइसमलाई मान्ने मानिसहरु स्खलनविना यौन सम्बन्ध कायम राख्ने गर्थे । यिनीहरुको मान्यता थियो कि स्खलनले शरीरमा भएको जिङ नष्ट हुन्छ र विभिन्न रोग लाग्नुका साथै मृत्यु पनि हुन सक्छ । त्यसैले यौनको समयमा चिनियाँ पुरुषहरु वीर्य स्खलन गर्दैनथे । चीनमा जिङलाई डीएनए बराबर मानिन्छ । यो त्यस्तो तत्त्व हो जसले मानिस जन्मिनुभन्दा पहिले नै उसको शारीरिक र ऊर्जात्मक गुण निर्धारित गर्दछ । 

महिलालाई मुण्डन र यौनको स्वतन्त्रता 

प्राचीन युनानी शहर स्पार्टाका महिलालाई यौनको विषयमा पूर्ण स्वतन्त्रता थियो । विवाहको रात स्पार्टन महिलाको शिर मुण्डन गरी पुरुषको कपडा लगाइन्थ्यो । त्यसपछि महिलालाई एक घना अँध्यारो कोठामा राखिन्थ्यो जहाँ उनका पतिले उनलाई खोजेर यौन सम्बन्ध बनाउनुपथ्र्यो । 

जसले पहिला देख्यो उसैसँग सम्बन्ध 

बेबिलोनको सभ्यतामा पनि यौनसम्बन्धी अचम्म रीति थियो । एन्सियन्ट ओरिजिन्सका अनुसार बेबिलोन शहरमा हरेक महिलालाई जीवनमा एकपटक मन्दिर पठाइन्थ्यो । त्यहाँ जसले महिलाको काखमा सबैभन्दा पहिला सिक्का फाल्दथ्यो, त्यही व्यक्तिले उक्त महिलासँग सबैभन्दा पहिला यौन सम्बन्ध राख्ने अधिकार प्राप्त गर्दथ्यो । त्यस्तै, त्यहाँ कुनै पनि स्थानमा यौन सम्बन्ध राख्ने स्वतन्त्रता थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै