जुकरबर्गलाई फेसबुकको अध्यक्षबाट हटाउने प्रयास असफल

खरीबोट

सान फ्रान्सिस्को । मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । योसँगै उनलाई फेसबुकको अध्यक्ष पदबाट हटाउने प्रयास असफल भएको छ । 

यससँग फेसबुकका कतिपय लगानीकर्ताले उनलाई फेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण फेसबुकको साखमा समस्या आउनसक्ने विचार राख्दै अध्यक्ष पद छाड्न सुझाब दिएका थिए ।

फेसबुकको वार्षिक साधारणसभामा गत बिहीवार भएको थियो । साधारण सभाल जुकरबर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने गरी अनुमोदन गरेको हो ।

फेसबुकमा जुकरबर्गको ६० प्रतिशत शेयर छ र उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै हार्ने सम्भावना रहेको थियो । साधारणसभाको परिणामले जुकरबर्ग थप समय पनि दुबै जिम्मेवारी सम्हाल्न तयार रहेको देखिएको छ ।

जकर्बर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो ।

“संसारको एउटा विशाल कम्पनीमा अहिले उहाँले जुकरर्बर्गले दुईवटा महत्वपूर्ण पद ओगट्नुभएको छ । यदिे प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ,“ ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले भने । 

तर जुकरबर्गले गत अप्रिलमा आफ्नो नेतृत्वको बचाउ गर्दै भनेका थिए,“हामीले त्रुटिबाट सिकेका छौँ कि छैनौँ त्यसबाट मानिसहरूले हामीलाई उत्तरदायी बनाउनुपर्छ भन्ने मलाई लाग्छ।” 

उनले साधारण सभापछि सप्क्षिप्त प्रतिक्रिया दिँदै भने, “अबका दिनमा फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको तथ्याङ्कलाई थप गोप्य बनाउने प्रयास गर्नेछ ।” 

सम्बन्धित समाचार

कश्मीरबारे टिप्पणी गर्ने अकाउन्ट बन्द गरेकोमा फेसबुक र ट्वीटरलाई पाकिस्तानको प्रश्न 

पाकिस्तान । गत आइतवार सामाजिक सञ्जालमा कश्मीरको विषयलाई लिएर पोस्ट गर्ने अकाउन्ट स्थगित गरेकोमा पाकिस्तानी अधिकारीहरुले ट्वीटर र फेसबुकसँग सम्पर्क गरेका छन् ।  भारतीय अधिकारीहरुले नयाँ दिल्लीमा गत सोमवार सुरक्षा एजेन्सीहरुको

इन्स्टाग्राममा पोर्नको समस्या, फेसबुकले सकेन सुल्झाउन

अमेरिका । फोटो सेयरिङ एप इन्स्टाग्राम विश्वभरका प्रयोगकर्तामाझ निकै चर्चित छ । अन्य सामाजिक सञ्जालमा झैं यसमा पनि करीब १५ करोड फेक अकाउन्ट छ । इनग्याजेटको एक प्रतिवेदन अनुसार हाल इन्स्टाग्रामले पोर्नसम्बन्धी

इन्स्टाग्राम र ह्वाट्सएपको नाम परिवर्तन गर्दै फेसबुक 

अमेरिका । सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो ह्वाट्सएप र इन्स्टाग्रामको नाम परिवर्तन गर्ने भएको छ । द इन्फर्मेसन पत्रिकाका अनुसार फेसबुकले आफ्ना दुई एप इस्टाग्राम र ह्वाट्सएपको नाम परिवर्तन गर्ने

विश्वभर फेसबुक डाउन, प्रयोगकर्ता हैरान

अमेरिका । सामाजिक सञ्जाल फेसबुक आइतवार साँझ करीब एक घण्टा डाउन रह्यो । नेपालसहित विश्वभरका प्रयोगकर्तालाई लगइन तथा पोस्ट गर्नमा समस्या देखिएको थियो । यसबाहेक कतिपय प्रयोगकर्ताले इन्स्टाग्राम पनि डाउन


z