च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्यो 

खरीबोट

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लिभरपुलले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह र डिभोक ओरिगीले एक एक गोल गरेका थिए । सलाहले खेलको दोस्रो मिनेटमा नै लिभरपुलले पाएको विवादस्पद पेनाल्टीलाई गोलमा परिणत गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८७औ मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

सलाहले गरेको गोल च्याम्पियन्स लिगको फाइनल खेलको इतिहासमा दोस्रो सबै भन्दा छिटो गोल बनेको छ । यस अघि सन् २००५ मा लिभरपुलविरुद्ध एसी मिलानबाट खेल्दै पाओलो माल्दिनीले ५० सेकेन्डमा गोल गर्दै फाइनलमा छिटो गोल गर्ने रेकर्ड बनाएका थिए । 

लिभरपुलका म्यानेजर जोर्गन क्लोपको लगातार ६ फाइनल पराजित भएको रेकर्ड समेत यो जितपछि टुटेको छ । उनी च्याम्पियन्स लिग जित्ने लिभरपुलका चौथा म्यानेजर हुन् ।  

यो जितसँगै लिभरपुलले छैठौ पटक च्याम्पियन्स लिग (युरोपियन कप) जितेको छ । अहिलेसम्म धेरै पटक च्याम्पियन्स लिग जित्ने रेकर्ड भने रियल म्याड्रिडको नाममा रहेको छ ।

रियल म्याड्रिडले १३ पटक च्याम्पियन्स लिग जितेको छ भने एसी मिलानले ७ पटक, लिभरपुलले ६ पटक, बार्सिलोना र बायर्न म्युनिखले ५-५ पटक च्याम्पियन्स लिग जितेका छन् ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा चेल्सीको महत्वपूर्ण जित, विलियनले गरे निर्णायक गोल 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च क्लब लिलीमाथि महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न अवे खेलमा चेल्सीले लिलीमाथि २-१ को जित हासिल गरेको हो ।

स्लजबर्गमाथि लिभरपुलको रोमान्चक जित, सलाहले गरे निर्णायक गोल

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत डिफेन्डिङ च्याम्पियन लिभरपुलले अस्ट्रियाको क्लब स्लजबर्गमाथि रोमान्चक जित हासिल गरेको छ ।  लिभरपुलको घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले स्लजबर्गमाथि ४-३ गोल अन्तरले जित हासिल गरेको हो

इन्टर मिलानमाथि बार्सिलोना विजयी, स्वरेजले गरे दुई गोल

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले इन्टर मिलानलाई पराजित गरेको छ ।  गएराती सम्पन्न खेलमा बार्सिलोनाले इन्टर मिलानमाथि २-१ को जित हासिल गरेको हो । बार्सिलोनाको जितमा दुवै गोल लुइस स्वरेजले गरेका

इन्टर मिलानविरुद्ध मेसी खेल्दै

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले आज इटालियन क्लब इन्टर मिलानको सामना गर्दै छ । खेलाडीको इन्जुरीका कारण टिम बाहिर रहेको बार्सिलोना इन्टरमिलानविरुद्ध आफ्ना स्टार खेलाडी लियोनेल मेसी खेल्ने


z