• २०८१ बैशाख ८ शनिबार

च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्यो 

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लिभरपुलले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह र डिभोक ओरिगीले एक एक गोल गरेका थिए । सलाहले खेलको दोस्रो मिनेटमा नै लिभरपुलले पाएको विवादस्पद पेनाल्टीलाई गोलमा परिणत गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८७औ मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

सलाहले गरेको गोल च्याम्पियन्स लिगको फाइनल खेलको इतिहासमा दोस्रो सबै भन्दा छिटो गोल बनेको छ । यस अघि सन् २००५ मा लिभरपुलविरुद्ध एसी मिलानबाट खेल्दै पाओलो माल्दिनीले ५० सेकेन्डमा गोल गर्दै फाइनलमा छिटो गोल गर्ने रेकर्ड बनाएका थिए । 

लिभरपुलका म्यानेजर जोर्गन क्लोपको लगातार ६ फाइनल पराजित भएको रेकर्ड समेत यो जितपछि टुटेको छ । उनी च्याम्पियन्स लिग जित्ने लिभरपुलका चौथा म्यानेजर हुन् ।  

यो जितसँगै लिभरपुलले छैठौ पटक च्याम्पियन्स लिग (युरोपियन कप) जितेको छ । अहिलेसम्म धेरै पटक च्याम्पियन्स लिग जित्ने रेकर्ड भने रियल म्याड्रिडको नाममा रहेको छ ।

रियल म्याड्रिडले १३ पटक च्याम्पियन्स लिग जितेको छ भने एसी मिलानले ७ पटक, लिभरपुलले ६ पटक, बार्सिलोना र बायर्न म्युनिखले ५-५ पटक च्याम्पियन्स लिग जितेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै