• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिग फाइनलमा युवती कपडा खोलेर मैदानमा प्रवेश गरेपछि...

kharibot

काठमाडौँ । स्पेनको क्लब एथलेटिको म्याड्रिडको घरेलु मैदान मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा गएराती सम्पन्न लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहदा एक युवती आफ्ना कपडा खोलेर मैदानमा प्रवेश गरेको विषय अहिले चर्चाको विषय बनेको छ ।

करिब २०औ मिनेटको खेल चलिरहँदा लिभुरपुल १–० ले अगाडी रहेको अवस्थामामा एक महिला दर्शकको भीडबाट दौडिदै मैदानमा प्रवेश गरेकी थिइन् । उनी आफ्ना लुगा फालेर मैदानको बीचतिर दौडिइन । यसरी मैदानमा प्रवेश गर्ने युवती रसियन किन्सी वलान्स्की नाम रहेको द सनले उल्लेख गरेको छ ।

उनी मैदानमा प्रवेश गर्नासाथ सुरक्षाकर्मि उनको पछिपछि दौडिएर उनलाई समातेर बाहिर ल्याएका थिए । यस प्रकरणले अवरुद्ध भएको खेल एकैछिन पुनः सुचारु भएको थियो । ती महिलाले उनले एक पोर्न वेब साइटको प्रचारका लागि यस्तो हर्कत गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

वलान्स्की एक पोर्न वेब साइटकी सञ्चालक हुन् । उनले यही च्यानलको प्रचारका लागि यस्तो गरेको बताइएको छ । दी सनका अनुसार वलान्स्की चर्चित प्रान्क युट्युब च्यालनकी सञ्चालक भिटाली दोरोभस्कीकी साथी हुन् ।

उनीहरू युट्युब च्यानलका साथै त्यस पोर्न साइटका पार्टनर हुन् । भिटाली दोरोभस्कीले २०१४ को विश्वकप फाइलनमा यस्तै हर्कत गरेपछि उनलाई खेल हेर्नका लागि प्रतिबन्ध गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै