• २०८१ बैशाख १२ बुधबार

सरकारले नै संबिधानको पालना गरेन – राजपा

kharibot

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारले संबिधानको पालना नगरेको आरोप लगाएको छ । 

प्रतिनिधि सभाको आजको बैठक शुरु हुनासाथ बैठकमा उठेर आफ्नो ध्यानआकर्षण गर्दै सरकारले संबिधान नमानेको आरोप लगाएको हो । आफ्नो सिटबाट राजपाका सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले राजपाका सांसद लक्ष्मणलाल कर्णलाई बोल्ने समय दिएका थिए ।

सांसद कर्णले लोकसेवा आयोगले निकालेको कर्मचारी आवश्यकताको सूचना संबिधान अनुसार समावेशी नभएको आरोप लगाए । सांसद कर्णले संबिधानले प्रदेशमा पनि लोकसेवा आयोग हुने व्यवस्था गरेकोमा लोकसेवा आयोगले केन्द्रबाट आवश्यकताको सूचना निकालेको भन्दै आपत्ति जनाए ।

सांसद कर्णले यस विषयमा सरकारले उचित जवाफ नदिए संसदको बजेट छलफल बहिष्कार गर्ने समेत चेतावनी दिए । साथै सांसद कर्णले गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारले आफुहरुलाई आन्दोलन नै गरोस् भन्ने चाहेको आरोप लगाए ।                                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै